सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं ।
करिब ८ घण्टाको अवधिमा भएका ३ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सोमबार राति ९स्५० बजेदेखि मंगलबार बिहान ६स्०० बजेसम्मको सो अवधिमा रौतहट, मोरङ र धनुषामा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये रौतहट चन्द्रपुर नगरपालिका(१ मंगलपुरस्थित सडकमा को।१ ख २६२५ नम्बरको ट्रकले ना।६ ख ९०३० नम्बरको बसलाई मंगलबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा बसमा सवार भारत ओडिसा बस्ने ५५ वर्षीय चरण बिश्वाल र ५३ वर्षीय बिजय कुमार जेनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २१ जनामध्ये १२ जनाको एपोलो अस्पताल चन्द्रपुर लगिएकोमा उपचारपछि डिस्चार्ज भएका छन् । साथै ९ जनालाई प्रालि अस्पताल चन्द्रपुर लगिएकोमा ३ जनालाई थप उपचारको लागि वीरगन्ज पठाइएको छ । ट्रक चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी मोरङ धनपालथान गाउँपालिका(४ गदिया खोला छेउमा मे।१ च ४६०९ नम्बरको भेनले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने मोहमद जुवेरका १२ वर्षीय छोरा मोहमद जबारको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषा गणेशमान चारनाथ नगरपालिका(४ चारनाथ खोलाको पुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । सवारी साधन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।