आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ


नेपाल समाचारपत्र, ललितपुर ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना उपसचिव पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव ४५ वर्षीय रामाश्रय यादव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका यादवले छोरीलाई बारम्बार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घरमा कोही नभएको मौकामा यादवले विगत ३/४ वर्षदेखि यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै, डरधम्की देखाई बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।