आमा बावुले फालेकी नानीलाई मकै बेचेर पाल्दै हजुरआमा(भिडियोसहित)


काठमाडौँ ।
आफूले नखाएर पनि सन्तानलाई खुवाएको धेरै उदाहरण छन् । तर यहाँ आफूले जन्म दिएकी सन्तानलाई फाल्न पनि पछि नपर्ने आमा बाबु पनि यहि संसारमा नै रहेछन् ।

सुन्दा धेरैलाई विश्वास लाग्दैन तर यो वास्तविक घटना हो । गोरखा घर भई हाल काठमाडौँ मनमैजु बस्दै आउनुभएकी तारा संग्रौलाले आफ्ने छोरीकी छोरीलाई मकै पोलेर पढाईरहनुभएको छ । हाल कक्षा १ मा पढ्ने अञ्जु गिरीलाई उनकी आमाले जन्म दिएपछि फाल्न लागेकी थिईन तर अञ्जुकी हजुरआमा ताराले उनलाई फाल्न नदिई आफूले पाल्नुभयो ।

अहिले उहाँको आर्थिक अवस्था निकै कमजोर छ । ती सानी नानीलाई पढाउनका लागि उहाँ सहयोगको खोजिमा हुनुहुन्छ ।

सम्पूर्ण जानकारीका लागि यो भिडियो हेर्नुहोस्ः