सडकको सौन्दर्यता बढाउन तिलोत्तमा नपामा डष्टविन राख्न शुरु


यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले सडकको सौन्दर्यता बढाउन आफनो कार्य क्षेत्र भित्र सडकको दुबै किनारमा डष्टबिन राख्न शुरु गरेको छ । तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको ६ लेण्ड सडक र शंकरनगरचोकदेखि शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रसम्मको सडकमा सस्थाले डष्टबिन राख्न शुरु गरेको छ ।

सस्थाले सडकको दुबै किनारमा रहेका बिद्युत पोलमा करिव डेढ सय डष्टबिन राखेको हो । सस्थाले मंगलवार बिहान योगिकुटीमा एक कार्यक्रमको आयोजना गरी डष्टबिन राख्न सुरु गरेको छ ।

योगिकुटीमा बिद्युत पोलमा डष्टबिन राखेर कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले शंकरनगरबाट सुरु भएको खुल्ला दिशामुक्तको अभियानले राष्ट्रिय रुप लिए जस्तै सार्बजनिक क्षेत्रको सरसफाईमा सुरु गरेको यो अभियानले पनि व्यापकता पाउने बिश्वास व्यक्त गर्नुभयो ।

उहाले तिलोत्तमाको मात्र नभई समग्र रुपन्देही जिल्लाको फोहोर व्यवस्थापनका लागि उर्जा, मल कारखाना के स्थापना गर्न सकिन्छ भन्ने सम्वन्धमा प्रदेश सरकारले बिस्तृत अध्ययन गर्न लागेको पनि जानकारी गराउनु भयो ।

सस्थाका अध्यक्ष हरी प्रसाद तिवारीले सस्थाको कार्यक्षेत्रलाई पूर्ण सरसफाईयुक्त बनाउन र ६ लैण्ड तथा अन्य सडकको सौन्दर्यता बढाउन सस्थाले डष्टबिन राख्न सुरु गरेको बताउनु भयो । उहाले आवश्यकता परे कार्य क्षेत्रका अन्य सडकमा पनि डष्टबिन राखिने बताउनु भयो ।

सस्थालाई तिलोत्तमामा शाखा कार्यलय रहेका साइन रेसुगां डेभलपमेण्ट बैक, मिसन डेभलपमेण्ट बैक, नेपाल कम्युनिटी डेभलपमेण्ट बैक र गरीमा बिकास बैकले डष्टबिन सौजन्य गरेका छन ।