काँग्रेसको विरोधका कारण संसद बैठक स्थगित



काठमाडौं । भोली बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेस संसद् अवरुद्ध पारेको थियो ।

सोमबारको बैठक सुरु भएलगतै कांग्रेसले गुठी विधेयक र त्यसको विरोधमा प्रदर्शन गर्दा गुठियारहरुमाथि भएको धरपकडको विरोध गरेका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म प्रचारकको टोपी लगाएर सरकारले पुरानत संस्कृतिमाथि प्रहार गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्