वालमनो विज्ञ शान्ति देवी अक्तियारको फन्दामा



यमलाल भुसाल, बुटवल ।
अक्तियार दुरुपयोग अनुसंन्धान आयोगको बुटवल कार्यालयले नगद १० हजार घुस रकम सहित एक महिलालाई पक्राउ गरेकोे छ ।

जिल्ला अदालत रुपन्देहीमा वालमनो विज्ञ पदमा कार्यरत शान्ति देवी अधिकारीलाई अक्तियारको टोलीले सेवाग्राहीसंगवाट घुस रकम लिदै गर्दा पक्राउ गरेको अक्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता शुरेस भुसालले बताउनु भयो ।

नावालकको सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने नाममा अधिकारीले सेवाग्राहीसंग रकम मागेको रसोही रकमा दिदाँ अक्तियारको टोलीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्