आर्थिक समृद्धिका लागि सामुदायिक वन विकास


कालीवहादुर मल्ल, कालिकोट ।
सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारिहरुका लागि तीन दिने सामुदायीक वन व्यवस्थापन सम्वन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । खाँडाचक्र नगरपालीका भित्र रहेका वनहरुको संरक्षण गर्दै बृक्षरोपणको माध्यम मार्फत हरीत तथा अर्गानिक नगरपालिका वनाउने उद्देश्यले क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको हो ।

खाँडाचक्र नगरपालिकाको सहयोग,सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफन) कालीकोटको समन्वय , सहजीकरण र सामाजिक समानताको लागि विकास साझेदार समाज (पेड्सन) नेपाल कालीकोटले बैशाख १८ गते देखि तालिम सञ्चालन गरेको थियो ।

पहिलो चरणको तालिम उद्घाटन गर्दै नगर प्रमुख जसीप्रसाद पाण्डेले नगरपालिकालाई हरित नगरपालिका बनाउन आवश्यक नीति तथा कार्यक्रमको उचित व्यवस्था मिलाउने र वातावरण संरक्षण र विकास गर्न आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने प्रतिवद्धता गर्नुभएका छ । साथै उहाँले वन व्यवस्थापनको क्षेत्रमा सवै नगरवासिहरुको वन वातावरण संरक्षण गर्न आ–आफुमा ईच्छा भएमा उपाए नगरपालीका हुने धारणा राख्नुभएको छ ।

आगामी आ.व २०७५÷०७६ को बजेट तथा कार्यक्रममा वृक्षारोपण, नर्षरी व्यावस्थापन तथा आर्यआर्जनका क्रिकलापहरु संचालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने र समुदाय स्तरमा विभिन्न क्षमता अभिवृद्धी तथा सचेतना फैलाउने खालका कार्यक्रम संचालन गर्नु पर्नेमा नगर प्रवक्ता पुष्परा गिरीलेजोड दिनुभयो । साथै उहाले विश्व तापमानको चक्रमा परिरहेको र जलवायु परिवर्तनको चपेटामा परेको अवस्थामा नेपाल सरकारले र स्थानीय सरकारले वन तथा वातावरण संरक्षणका क्षेत्रमा लगानी गर्नुपर्ने वताउनुभयो ।

वन व्यावस्थापनका लागि सामुदायीक वन उपभोक्ता समुहहरु,स्थानीय सरकार,जिल्ला वन डिभिजन कार्यालय लगाएतका निकायहरु समन्वय सहकार्यकासाथ अगाडी वढ्नु पर्ने धारणा जिल्ला वन डिभिजन कार्यालयका प्रमुख प्रकाश वस्नेतको रहेको छ ।

वनको संरक्षण विना हामी स्वास प्रश्वस कसरी फेर्ने र बाच्ने कसरी आफ्नो बालबालीकामा जति लगानी गरीन्छ त्यतिनै रुख विरुवामा लगानी गर्नु पर्ने हुन्छ ।

कार्यक्रममा बोल्दै सामुदायीक वन उपभोक्ता महासघं नेपाल फेकोफन कालीकोटका अध्यक्ष कलबहादुर मल्लले नेपालमा वन व्यावस्थापनको क्षेत्र सामुदायीक वन उपभोक्ता समुहहरुले वनको संरक्षण , विकास र उपयोगको लागी उत्कृष्ट काम गरेको वताउनुभयो ।
नेपालमा हाल कुल भुभागको ४४ प्रतिशत सामुदायीक वनहरुको योगदानको कारणले वन क्षेत्रमा उल्लेखनीय उपलब्धी भएका छ
पेड्सन नेपालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सञ्चालन भएको तालिममा वन ऐन २०४९ , निमावली २०५१ र सामुदायीक वन विकास मार्गदर्शन २०७१ ले सामुदायीक वन उपभोक्ता समुह र ३४ वटा सामुदायिक वन समूहका पदाधिकारीलाई १५ दिनसम्म चलेको तालिमको सहजिकरण फेकोफनका अध्यक्ष मल्ल, नागरिक समाजका संयोजक कालीवहादुर मल्ल,पेड्सन नेपालका अध्यक्ष नेपालीले सहजिकरण गर्नु भएको थियो ।

नगरपालीकाका ११ वटै सामुदायीक वन समुहका पदाधिकारीहरुको लागी ५ चरणमा तिन–तिन दिन संचालन भएको तालिमको ९ वडा कार्यालय सभा हल पाखाँमा आइतवार सम्पन्न भएको छ ।