सफलताको २० दिनपछि सार्वजनिकः ग्रीनसिटीको निःशुल्क सेवा, रविनाले पाईन नयाँ जीवन



नेपाल समाचारपत्र, काठमाडौ ।

रविना योगी बिपनन परिवारमा आठबर्ष अघि मलद्धार नै बन्द भएको अवस्थामा जन्मिईन् । परिवारमा रुवावासी शुरु भयो अन्तत त्यो परिवारले चिकित्सकको सल्लाह लिए । तिनै चिकित्सकले पेटमा प्वाल बनाएर दिशा निकाल्ने ब्यबस्था गरिदिएका थिए । हाल सम्म त्यो परिवारले दिगो उपचारका लागि थपै्र अस्पताल नधाएका होइनन् ।

एक महिना अघि हाम्रा सामु काठमाडौको ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन र सोही अस्पतालमा कार्यरत बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहाल सहितको टोली रविनाको जीवनमा भगवान सावित भए । यतिबेला रविना भन्छिन्—“अप्रेशन भएपछि अब मेरो नयां जीवन शुरु हुने छ ।” उनकी आमा लक्ष्मी योगीको त खुशीको सिमा नै छैन ।

“अब मेरो छोरी सजिलै स्कूल जान सक्छिन् । साथीहरुका माझ बस्न हिच्किचाउनुपर्दैन । शौचालय जान पनि सजिलो हुनेछ । स्कूल जाँदा छोरीको दिशाको लागि राखिएको व्याग भरिने हो कि कतै चुहिने हो कि भन्ने डर पनि भएन् । मेरी छोरीको अप्रेशनले हाम्रो परिबारमा खुशी छाएको छ ।”

आठ बर्ष सम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की योगीलाई मलद्धारको निःशुल्क शल्यक्रियाले नयाँ जीबन दिएको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अबस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवनपाएको बताएको छ ।

बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिबारले बताएका छन ।

विपन्न परिवारका शिवहरी योगी र लक्ष्मी योगीको कोखबाट जन्मजात मलद्वार विहिन छोरी जन्मिएपछि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार र शल्यक्रिया प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

बरिष्ठ वालशल्यचिकित्सक डा. गेहराज दाहालको टोलीले जेष्ठ ६ गते ५ घण्टाको सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य राम्रो हुदै गएपछि मात्रै आइतबार अस्पतालका तर्फबाट संचार माध्यम मार्फत जानकारी गराइएको हो । अस्पताल संचालन एउटा सेवा भाव पनि हो भन्ने उद्धेश्यले कसैले नयाँ जीवन पाउछ भने बिपन्न परिबारकै सदस्य भएर बञ्चित हुनुहुन्न भन्ने मान्यताका साथ सेवागर्ने गरिएको अस्पतालले जनाएको छ ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पतालाई प¥यो भने जुनसुकै बेला पनि गर्न तयार रहेको कुरा पनि स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष टन्डनले सेवा नै धर्म हो भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको र महिनाको दुइवटा सम्म निःशुल्क अप्रेशन समेत गर्ने गरेको जानकारी गराउनु भएको छ ।

ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलित परिवारका वालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो ।

कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वस्थ बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको र सबै बिरामीहरु अहिले पुर्ण स्वस्थ रहेको अध्यक्ष टण्डनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्