पाँच करोडको लगानीमा चिया कारखाना स्थापना



गणेश घिमिरे, इलाम
तीनजना युवाले पा“च करोड रुपिया“को लगानीमा इलाममा चिया कारखानाको स्थापना गरेका छन् । इलाम नगरपालिका–१ साँखेजुङमा इलाम र झापाका युवाले संयुक्त लगानीमा कारखानाको स्थापना गरेका हुन् ।
पा“च रोपनी जमीनमा दैनिक ६ हजार किलो चिया प्रशोधन गर्ने क्षमताको कारखाना स्थापना गरेका हुन् ।

सो कारखानामा अहिले दैनिक तीनसय किलो हरियो पत्ती आउन थालेको कारखाना सञ्चालक मध्येका एक गौरव तिमल्सिनाले बताउनुभयो । इलामका विपिन बस्नेत, सुजन ढुंगेल र झापाका गौरव तिमल्सिनाले संयुक्त लगानीमा ग्रिन भ्याली टि प्रालि नामक कारखाना स्थापना गर्नुभएको हो । कारखानाबाट अर्थोडक्स चिया मात्र उत्पादन हु“दैछ । आगामी दिनमा ग्रिन टि, ह्वाइट टि पनि उत्पादन गर्ने लक्ष्य लिएको प्रालिका अध्यक्ष एवम् सञ्चालक विपिन बस्नेतले बताउनुभयो । कारखानामा अहिले आफ्नै बगानको करिब पा“चसय रोपनी जमीनमा लगाएको चिया आउनेछ भने बा“की स्थानीय कृषकस“गै देउमाई नगरपालिकाका मंगलबारे, जितपुर, शान्तिडा“डाका कृषकबाट चिया खरिद गर्ने योजना रहेको बताइएको छ ।

कारखानामा अहिले आफूहरुले अर्गानिक र नन अर्गानिक दुवै किसिमको हरियो पत्ती लि“दै आएको जनाइएको छ । यहा“ उत्पादित चिया भारतको कोलकत्ता तथा पाकिस्तान, टर्की, इरानसम्म निकासी गरिने सञ्चालक बस्नेतले बताउनुभयो । साना घरेलु चिया कारखाना धेरै रहेको सा“खेजुङमा ग्रिनभ्याली टि प्रालि स्थापना भएपछि ठूला चिया कारखानाको संख्या तीनवटा पुगेको छ । भर्खरै मात्र स्थापना गरेर प्रशोधन थालेको ग्रिन भ्याली चिया कारखानामा हाल २१ जनाले रोजगारीको अवसर पाएका छन् । कारखानाले किसानस“ंग अहिले प्रतिकिलो ५५ रुपिया“का दरले हरियो पत्ती खरिद गर्दै आएको छ । कारखानामा काम गर्ने र बगानमा काम गर्ने मजदुरका लागि कारखानाले सरकारले तोके अनुसारको ज्याला दिने प्रतिबद्धतासमेत जनाएको छ । हरियो पत्तीको मूल्यमा त्यस भेगमा रहेका कारखानासं“गको छलफल र सहमतिबाटै निर्धारण गर्ने जनाएको छ ।

सञ्चालक तिमल्सिनाले करोडौं रुपिया“ लगानी गरेर कारखाना स्थापना गरेपनि चियाको गुणस्तर, बजार व्यवस्थापनलगायतका क्षेत्रको पनि निश्चितता नहु“दा समस्या भइरहेको बताउनुभयो । सरकारले निजी चिया उद्योगीका लागि पनि सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ । पछिल्लो समय सा“खेजुङ क्षेत्रका कृषकले चिया खेती घटाएको कारखाना सञ्चालकले बताए । अब कारखानाले किसानलाई चिया खेतीतर्फ पुनः आकर्षित गर्न कारखानाले चिया कृषकका लागि नया“ स्किमहरु ल्याउने योजनासमेत बनाएको जनाएका छन् । सा“खेजुङमा यो कारखाना स्थापना भएसं“गै जिल्लामा साना ठूला गरी चिया कारखानाको संख्या २५ वटा पुगेको छ । जसमा सबैभन्दा बढी सूर्योदय नगरपालिकामा स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्