फुटबल उत्थान गर्न राज्यले पनि हेर्नुप-यो

0
Shares

इन्द्रमान तुलाधर हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव पदमा हुनुहुन्छ । यसभन्दा अगाडि नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा वा गणेश थापा अध्यक्ष हुँदा तुलाधर प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा हुनुहुन्थ्यो । यति मात्रै विषयले वहाँलाई परियच गराउँदा अधुरो नै देखिन्छ ।

एन्फामा प्रवेश गर्नु अगाडि वहाँ एक अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी र पूर्व फुटबल तथा प्राध्यापक समेत हुनुहुन्थ्यो । हाल वहाँ एन्फाका महासचिव हुनुका साथै ए डिभिजन क्लब संकटा क्लबका अध्यक्ष र अधिवक्ता समेत हुनुहुन्छ । वहाँले गत स्थानीय निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ९ मा प्रदेश सभासदमा नेपाली कांग्रेसबाट उम्मेदवार दिनुभएको थियो । फिरोज राजोपाध्याय ले तुलाधरसँग लिएको अन्तर्वाता

तपाईँ एउटा फुटबल खेलाडी पनि भइसकेको हुँदा पहिले फुटबल खेल्न कतिको समस्या रहेको छ ?
—मैले १२ वर्षको मुनिको उमेर समूहबाट फुटबल खेल्न शुरु गरेको थिए । शायद २०३८÷३९ सालको कुरा थियो मैले फुटबल खेल्दा निकै रमाएर खेल्थे । मैले मात्रै होइन अरुले पनि कुनै दवावमा फुटबल खेलेकै हुन्थ्यो । खेल्नलाई संकटा वरिपरिको स्थानमा समेत खेलिन्थ्यो । टुँडिखेलदेखि खुलामञ्चसम्म खेल्ने वातावरण थियो । पाएमा दशरथ रंगशाला पनि प्रयोग हुन्थ्यो । रमाईलै तरिकाले फुटबल खेलियो त्यो बेला ।

पहिले र अहिले फुटबलको तुलना गर्दा कति फरक पाउनुहुन्छ ?
—अहिले फुटबल व्यवसायिकीकरण भइसकेको छ । पहिले पैसा पनि पाइँदैन । केही राम्रा खेलाडी टोलीमा राख्न पनि आफैले पैसाको बन्दोबस्त गरी पैसा दिइने गरिन्थ्यो । हाम्रो क्लब संकटामै स्थानीय भन्दा बाहिरका केही खेलाडीलाई १५ सय रुपियाँसम्म दिइएको थियो । अहिले एउटा फुटबल खेलाडीले ५० हजारदेखि डेढ लाखसम्म लिइरहेको छ । यो भनेको फुटबल नेपालमा भविष्य बनेको उदाहरण हो ।

तर पनि प्रतिभावान फुटबल खेलाडी ननिस्केको हो कि खेल्न कमजोर भएको हो ? किन नेपाली फुटबल अन्तर्राष्ट्रियमा त्यति चम्कन सकेको छैन ? नेपाली फुटबल खस्केकै हो त ?
—अहँ यो मान्न तयार छैन । नेपाली फुटबल खस्केको छैन । अहिले झन पहिले भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । फ्रेन्डली म्याच कम भएको मात्रै हो । यसलाई पनि अब एन्फाले बढाउँदै लग्नेछ । हालैको नतिजाले पनि फुटबल राम्रै भइरहेको प्रस्ट्याउँछ । मलेसियासँग हारे पनि हामी भन्दा वरियतामा माथि रहेको चिनियाँ ताइपेइसँग बराबरी खेल्यौ । यो भनेको कुनै नराम्रो नतिजा होइन । पहिले प्रतियोगिता कम हुन्छ । अहिले त सातै प्रदेशमा खेलाइने योजना बनेको छ । विद्यालयस्तर, जिल्लास्तर प्रतियोगिता गर्ने सुरसार भइरहेको छ । कति ठाउँमा शुरु पनि भइसक्यो । यसले नेपाली फुटबललाई उत्थान गर्छ भन्ने मैले विश्वास लिएको छु । यसका लागि सरकारले हेर्नुपर्छ ।

सरकारले किन हेर्नुपर्ने फिफाबाट अनुदान आउँछ होइन र ?
—फिफाबाट अनुदान आउँछ । यो कुरा सहि हो । फिफाकै मात्रै पैसा खर्च गर्ने हो भने नेपालमा फुटबल खेलाउन कठिन हुन्छ । राज्यको दायित्व जति हुनु पर्ने त्यति भइरहेको देखिँदैन । जुनसुकै सरकार आएपनि फुटबललाई हेर्ने दृष्टि उही पाराको छ । यसपालि त फुटबललाई मात्र १० लाख दिइएको छ । जबकी पहिले ५० लाख थियो । यसरी त एन्फालाई आर्थिक संकलन गर्न गाह्रै छ । तपाईलाई भनिहालु एउटा प्रतियोगिता संचालन गर्न मात्रै करिब करिब ९ करोड खर्च हुन्छ । विदेशी कोच ल्याउनु प¥यो । क्लबलाई दिनु प¥यो । सरकारको आर्थिक सहयोगले कति नै धान्छ र ? मुख्य कुरा सरकारले पनि फुटबललाई क्रिकेटलाई झैं माया गरिदिनु प¥यो ।

प्रतियोगितामा सहभागि हुन रकम नपुग्ने, खेलाडी कसरी पाल्ने भन्ने जस्ता समस्या क्लबहरुले पनि गुनासो पोखिरहेका हुन्छन् । क्लब बचाउन के गर्न सकिन्छ एन्फाबाट ?
—क्लबहरुले प्रायोजक, एन्फा, महानगरपालिकाले दिइने रकमको आधारमा प्रतियोगितामा भाग लिइरहेका हुन्छन् । समस्या छ, यसको लागि पनि विस्तारै पहल गर्दैछौं । अहिलेलाई क्लबहरुले पनि सहयोग गर्नुपर्छ । महानगरपालिकाले पनि यसपालिदेखि रकम दिन थालेको छ । सो रकम अहिलेलाई नपुग भएपनि पछि बढाउन पनि सकिन्छ । क्लबहरुलाई सहज गर्न एन्फा सँधै लागिरहेकै छ । विस्तारै यो समस्या पनि हट्नेछ । मुख्यतया क्लबहरुले आम्दानी अनुसार खर्च गरेमा पनि यसको समाधान हुन सक्छ ।

महिला फुटबलको लागि एन्फाले त्यति ध्यान दिइएन भन्ने आरोप पनि आइरहेको छ । यो कतिको सत्य हो ?
—एन्फाले महिला फुटबलको लागि राम्रै गर्न ध्यान दिइरहेको छ । यो आरोप कति पनि साँचौ छैन । महिला फुटबलले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको अवस्था छ अहिले । ओलम्पिक छनोट, एएफसी छनोट जस्ता प्रतियोगितामा दोस्रो चरणमा पुग्नु ठूलै उपलब्धि हो । हाम्रा बहिनीहरुले भारतमा लिग खेलेका छन् । यो सफलतालाई निरन्तर दिइनको लागि एन्फाले १२ महिना नै उनीहरुलाई व्यस्त राख्ने चाँजोपाँजो मिलाइरहेको छ । महिला लिग खेलाउने वातावरण पनि बनिसकेको छ । जेठ असार श्रावण तीन महिना उपमेयर कप हुन्छ । भदौमा राष्ट्रिय लिग हुन्छ । सातै प्रदेशका सरकारलाई महिला लिग खेलाउने वातावरण मिलाउन एन्फाले कुरा गरिसकेको छ । विदेशी खेलाडी पनि ल्याउने योजनामा छ एन्फा । भुटानका पनि कयौं खेलाडी राम्रा खेल्छन् ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला बन्न ढिलो हुँदा एन्फालाई कतिको गाह्राे भइरहेको छ ? त्यहाँ त पहिले जस्तै बनिरहेको जस्तो छ ?
—हामीले राष्ट्रिय खेलकुद परिषद्सँग कुरा गरेका छौं । छिटो सकिने पनि छाँटकाँट छ । दशरथ रंगशाला नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन गाह«ो त भइरहेकै छ । पहिले पनि दशरथ रंगशालामा सुविधा नहुँदा कठिन नै छ । डे«सिङ रुम छैन, जुडो, कराते, तेक्वान्दो हलमा प्रशिक्षण भइरहेको हुन्छ । त्यो हल उपलब्ध नहुने । कठिनै छ ।

कस्तो हुनुपर्छ त सुविधा सम्पन्न भन्नाले ?
अहिले हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न त्यही अनुसारको सुविधा हुनुपर्ने माँग परिषदलाई राखेका छौ । आवश्यक डे«सिङ रुम हुनुप¥यो । मिडिया सेन्टर हुनुप¥यो । बे्रेकमा चमेना गर्न हल हुनुप¥यो । जस्तो विदेशमा छ त्यस्तो भएमा पनि नेपालमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ । पहिले यस्तो सुविधा नहुँदा त हामीले विश्वकप छनोट जस्ता खेलहरु समेत त्यही रंगशालामा गराउन सफल भएका थियौं । यदि परिषदले मानेमा हामी नै बनाउन पनि तयार छौं ।

विवाद पनि आइरहेको छ । एन्फामा हालै पंकज नेम्वाङज्युलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गर्दा त्यहीका केही पदाधिकारीले विरोध गर्नुभयो । यसले भविष्यमा समस्या ल्याउन सकिन्छ होइन र ?
—त्यो त हो । समस्या आउँछ पनि नकारात्मक पनि हुन्छ । संगठनभित्र विवाद भन्दा पनि तर्क वितर्क, वादविवाद हुनु पनि संगठनको कमी कमजोरी हटाउन मद्दत पुग्छ । तपाईले भन्नुभए जस्तै यसले भविष्यमा विवाद ल्याउँछ । तर अहिले यो विवाद सल्टीसकेको छ । वहाँहरुले भने जस्तै एन्फाले निर्णय लिइसकेको हुनाले यो विवाद दीर्घकालीन असरमा नपर्ने भइसकेको छ ।

हालै एन्फाआबद्ध चार जिल्लाका अध्यक्षले गत वर्ष वैसाखमा सम्पन्न एन्फाको चुनावमा चलखेल भएको भनेर मिडियामा बोल्नुभयो । यसमा एन्फाले जवाफ दिइरहेको छैन । वहाँहरुको समस्या समाधान गर्न एन्फा किन अगाडि नसरेको ?
—एन्फा भित्र बसेर छलफल गर्नु पहिलो कदम हुन्छ । एन्फाको आबद्ध भएर यस्तो गर्नु पनि विधान विपरितको विषय हो । एन्फाविरुद्ध मिडियामा जानु त्यो अनुसासनहीन हो । यसमा राजनीति भयो कि ? कुनै कुराको रिस पोखेको हो कि ? यस्तो लाग्छ मलाई । अहिलेसम्म कार्वाहीको प्रक्रिया अगाडि पनि बढाएको छैन ।

टाशी घलेलाई मानार्थ अध्यक्षबाट अवकाश दिइएकोमा पनि विवाद भयो । एक्कासी यो विवाद कसरी आइपुग्यो ?
—यो विषयमा टिप्पणी गर्न सकिँदैन । विषय अदालतमा पुगेको हुँदा एन्फाले केही भन्ने अवस्था छैन ।

एन्फाले राम्रै गरेको भनेको दावी छ यो एक वर्षमा । यसमा अलि प्रस्ट्याइदिनु हुन्छ कि ? एन्फाले साँच्चिकै गएको एक वर्ष उपलब्धि हासिल गरेको छ त ?
—म त यो एक वर्ष कहिल्यै नभएको विषयहरु भएको मान्छु । स्थगित ए डिभिजन लिग भयो । महिला टोलीले विदेश र स्वदेशमा राम्रो उपलब्धि हासिल ग¥यो । ओलम्पिक, एएफसी छनोटमा दोस्रो चरण पुग्नु कुनै सानो कुरा होइन । निति नियमहरु बन्न थालेका छन् ।

जस्तै आर्थिक नियमावली, कर्मचारी नियमावली, अनुसासन समिति, स्थायी समिति आदि आदि । पहिले बोली चालीमा आर्थिक कारोबार हुन्छ भने अब यो नीति नियमले सबैलाई आ–आफ्ना पदमा इमान्दार बन्न मद्दत पु¥याउँछ । यसैले पनि यो उपलब्धि नै भन्न सकिन्छ ।

तपाईं संकटा क्लबका अध्यक्ष पनि हुनुहुन्छ । तपाईंले एन्फाको पद सम्हालेर आफ्नो क्लबलाई कसरी व्यवस्थित गरिरहनु भएको छ । क्लबलाई कतिको बलियो बनाउनु भएको छ ?
—दुबै पद बरोबर सम्हालिरहेकै छु । क्लबको भवन अहिले यही (संकटामा) बनिरहेको छ । अहिले एक तल्ला सकियो । क्लबका खेलाडीलाई अभ्यास गराउन सांगामा जग्गा लिइसकेको छु । १५ वर्षको लिजमा दिइने योजना छ । अर्को वर्षदेखि त्यो एकेडेमी पनि शुरु हुनेछ । अर्को क्लबले आम्दानी गरेको रकमको ४० प्रतिशत फुटबललाई छुट्याउने गरेको छु ।

क्लबले आम्दानी सबै खर्च गरेमा भरिपरि आउँदा रकम जोगिँदैन । यसैले आम्दानीअनुसार क्लबहरुले योजनावद्ध रुपमा रकम खर्च गर्नुपर्छ । मानौं १ करोड आम्दानी छ भने ४० लाख फुटबलमा खर्च हुन्छ । एन्फाबाट केही रकम, महानगरपालिकाबाट केही रकम र प्रायोजकबाट केही रकम आउँछ । त्यही अनुसार हामीले व्यवस्थित ढंगले खर्च गर्दै क्लबलाई व्यवस्थित ढंगले बलियो बनाइरहेको छौं