प्रधानमन्त्री ओली यूरोप प्रस्थान


नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । स्वीजरल्यान्ड, बेलायत र फ्रान्समा हुने उच्चस्तरिय जमघटमा सहभागी हुन उहाँ शनिवार साँझ जेनेभा प्रस्थान गर्नु भएको हो ।

भोली सोमबार स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने अन्र्तराष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने प्रधानमन्त्री ओलीले सो कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ । यही क्रममा उहाँले विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वीजरल्यान्ड भ्रमण पश्चात प्रधानमन्त्री ओलीले बेलायतको भ्रमण गर्ने र अक्सफोर्ड विश्वविद्यालयले आयोजना गर्ने अन्र्तक्रियालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । ओलीले मंगलबार बेलायती समकक्षीसँग भेटवार्ता गर्नु हुनेछ भने त्यहाँको पार्लियामेन्ट कमिटिलाई पनि सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीले ३ दिन फ्रान्सको भ्रमण गर्नेछ । प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ ।

नेपाल–फ्रान्स वीच द्धौत्यसम्बन्ध स्थापना भएको ७० औं बर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले त्यहाँका व्यसायीसँग भेटवार्ता गर्नु हुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत हुनुहुन्छ ।