अन्तरविद्यालय टेबलटेनिसको उपाधि एभीएमलाई


काठमाडौँ ।
सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसअन्तर्गत् शनिबार एभीएमले उपाधि जितेको छ ।
ब्वाइज टिम इभेन्टमा एभीएमले युरो किड्स विराटनगरलाई ३–१ ले हराएर उपाधि हासिल गरेको हो । त्यस्तै गल्र्स फाइनलतर्फ एभीएमले प्रभातलाई ३–० ले हरायो । यु–१० ब्वाइजको उपाधि उज्ज्वल मानन्धर र गल्र्सको उपाधि सुभश्री श्रेष्ठले जिते । एसभीआईका उज्ज्वलले एभीएमकी कृष्णा महरालाई र युलेन्सकी सुभश्रीले प्र्रभातकी क्यारिना सुवाललाई पराजित गर्दै उपाधि जितेका थिए ।

यसैगरी यु १२ ब्वाइजको फाइनलमा एभीएमका एलेन महर्जनले आफ्नै स्कूलका आयुष भारतीलाई पराजित गरेका थिए । त्यस्तै गल्र्सको फाइनलमा एभीएमकी बियान्का राईले प्रभातकी प्रदीपा सुवाललाई हराइन् । यु १४ ब्वाइजमा पुष्पसदनका सिद्धार्थ तामाङले उपाधि हात पारे ।