वडा अध्यक्षले नै दिए ज्यान मार्ने धम्कि


राजेन्द्र गजुरेल, नुवाकोट ।
नुवाकोट विदुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बद्रि प्रसाद रिमालले आफ्नो कार्य क्षेत्र भन्दा बाहिरको वडा नम्बर ५ को एक घर परिवार लाई घर भत्काउने देखि ज्यानै मार्ने धम्कि दिएका छन । विदुर ५ देविघाटमा बसोबास गर्दै आउँनुएका भवानि घिमिरेको घरमा गत जेठ १७ गते रातको करिब ११ बजे तिर मदिरा सेवन गरी अप शब्द प्रयोग गरी घरमा ढुङगामुडा गरेका अध्यक्ष रिमालले पुरै परिवारकै ज्यान लिने धम्कि समेत दिएको पिडित घिमिरेले बताउनुभएको छ ।

विदुर ३ वडा अध्यक्ष तथा नेपालि कांग्रेसका नेता रिमालले विदुर ५ देविघाटमा बसोबास गर्दै आएका घिमिरे परिवार लाई पटक–पटक उक्त स्थान छोडेर जानको लागि दबाब समेत दिदै आएकोमा सो रात जोजर लगाएर घरै भत्काईदिने धम्कि र उक्त व्यबहार पश्चात पिडित पक्षले शुक्रबार प्रहरीमा उजुरि दिएका छन । उक्त घटना भएको स्थल नजिकै देविघाट ईलाका प्रहरी चौकिका प्रहरीले नियन्त्रणमा लिन खोज्दाँ पनि रिमालले वडा अध्यक्षको पावर र पैसाको घम्कि दिईरहेका कारण उक्त घटना प्रति प्रहरी मौन रहेको स्थानिय एक युवा निरज भण्डारी बताउँनुहुन्छ । मदिराले मात्तिएका रिमाल एक्लै गाडि चलाएर आएका थिए । सार्वजनिक जग्गामा घर बनाएको भन्दै अर्को वडामा गएर रक्सि खाएर वितण्ड मच्याउने वडा अध्यक्षको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

रक्सिको तालमा आएका रिमाल स्याण्डो र हाप पाईन्ट लगाएको जिपपनि खुल्ला नै रहेको स्थानिय प्रत्यक्षदर्शिहरुले बताएका छन । रातको समय त्यसमा पनि एकल महिला भवानि घिमिरे प्रति गरेको दुव्र्यवहार र परिवाको समेत ज्यानै मार्ने धम्कि दिएका वडा अध्यक्ष रिमाललाई कडा भन्दा कडा सजाए दिलाउनको लागि पहल गरिदिन शुक्रबार विदुरमा पत्रकार सम्बेलन नै गरी पिडित पक्षले उक्त कुरा खुलासा गरेका हुन ।