लागूऔषधसहित जनप्रतिनिधि पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधसहित एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ डोरेबाट निर्वााचित कार्यपालिका सदस्य बालिस्टर सहनीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

करिब सात किलो गाँजासहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको पर्सका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । यसरी नै पर्सा प्रहरीले बाराको कलैयाका शिबालक साहलाई पनि लागू औषध नाइट्रोभेट लगायत लागू औषध सहित पक्राउ गरेको छ ।