नेपालमा निःशन्तान दम्पतिहरुको संख्या डरलाग्दो



नेपाल समाचारपत्र, काठमाडौ ।
नेपालमा निःशन्तान दम्पतिहरुको संख्या १२ देखि १५ प्रतिशत रहेको शुक्रवार फर्टिलिटी सोसाईटी अफ नेपालले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा जानकारी गराईयो ।

कार्यक्रममा बिवाहीत दम्पतिहरु मध्ये ठुलो संख्यामा निःशन्तान रहेको बिभिन्न अध्ययन अनुसन्धानले देखाएको समेत जानकारी गराईयो । रिसर्चमा देखिए भन्दा संख्या अझै धेरै हुनसक्ने चिकित्सकहरुले बताएका छन् । फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष डा. भोला रिजालका अनुसार आधा हिस्सा ओगटेका महिलाहरुमा मात्रै यस्तो समस्या नभएर पुरुष र महिलामा बराबर बाँझोपनको समस्या देखिएको छ ।
डा.रिजाल भन्नुहुन्छ—३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ । महिलाहरुमा पाठेघर र नलिमा उच्च समस्या देखा परेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा दोस्रो मुलुक गएका युवाहरुमा बाँझो पनको समस्या बढेको छ ।

महिलामा बढ्दो पाठेघरको समस्या र वैदेशिक रोजगारीमा गएका युवाको शुक्रकिटमा देखिएको कमिले बाँझोपनको समस्या आगामी दिनमा बिकराल भएर जाने अनुमान चिकित्सकहरुले लगाएका छन् ।
नेपाल सरकारले निःशन्तान रोग हो, भनेर ठान्नु पर्ने फर्टिलिटी सोसाईटी अफ नेपाल (फेसन) का अध्यक्ष डा रिजालले बताउनुभयो । भारत र नेपालका विज्ञ चिकित्सकहरुको एक दिने यस कार्यक्रमले निःशन्तान दम्पतिका लागि थप प्रविधिको विकास र विस्तार गर्न मद्धत गर्ने छ उहाँले भन्नुभयो ।

‘विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ । त्यहाँको उच्च तापक्रमले गर्दा शुक्रकीटमा कमि आएको हो । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने गर्छ ।

त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सक्दैन । महिलाको उमेर ३५ देखि ४० नाघेपछि उनीहरूमा अण्डाको मात्रा कम हुँदै जान्छ । अझ राम्रो अण्डाको मात्रामा स्वतः कमी आउँछ । जसले गर्दा बाँझोपनको समस्या क्रमिक रुपमा बढ्दै जान्छ ।

तीस वर्षभन्दा कम उमेर र ४५ वर्षभन्दा बढी उमेरका महिलामा तुलना गर्ने हो भने ४५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या धेरै बढी हुन्छ । महिलाले ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । कुनै एक कारणले मात्र बाँझोपन हुँदैन । बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुवैको समस्याका कारण बाँझोपन हुनसक्छ । पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु बाँझोपनको प्रमुख कारण हो ।

सोही अवसरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा २८ प्रतिशत जनता गरिबिको रेखामुनि छन् । उनीहरुको उपचार गर्नु राज्यको ठुलो चुनौति बन्दै गएकोछ ।

सरकार एक्लैले निःसन्तान दम्पतीको यति ठूलो जिम्मेवारी पूरा गर्न सक्दैन । यसका लागि सरकारले नीजि क्षेत्रबाट संचालित अस्पताल, सामुदायिक अस्पताल, शिक्षण अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग पनि साझेदारी गर्नु आजको आवश्यक हो भन्नुभयो ।

.

प्रतिक्रिया दिनुहोस्