निर्माण कम्पनीको चरम लापरवाहीः पक्की पुल अलपत्र, दैनिक २०औँ हजार जनता पीडित


यमलाल भुसाल, बुटवल ।
बुटवल उपमहानगरपालिकाको तिनकुने देविनगर जोडने पक्कि पुल निर्माण कम्पनीको चरम लाप्रवाहीका कारण समयमा नवनाउदाँ सेवाग्राहीले अत्यन्तै दु: ख भोग्नु परेको छ ।

आउँदो असार मसन्ता भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले खेलवाड गर्दा समयमा निर्माण हुनुत परै जाओस आउने वर्षा याममा तिनकुने देविनगर क्षेत्र डुवानमा पर्ने खतरा समेत बढेर गएको स्थानियहरुले गुनासो गर्नु भएको छ ।

दैनिक २० हजार भन्दा बढी जनता आवत जावत गर्ने उक्त सडकको पुल ठुलो र पक्कि गर्ने गरि नगरपालिकाको वजेटमा निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्कामा दिईएको हो ।

निर्माण कम्पनी वावुल दीव्य जेवी कन्टक्सनले १ करोड ४० लाख लागतमा आउदो असार मसन्ता सम्ममा पुल निर्माण गर्ने गरि ठेक्का सुम्झौता नगरपालिकासंग गरेको हो । निर्माण करिव करिव सम्पन्न गर्ने समय आउनलाग्दा पनि अझै पुलको ५ प्रतिशत पनि काम भएको छैन ।

बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले गत फागुन २७ गते उक्त पुल निर्माणको शिल्यान्यास गर्नु भएको हो ।
१६ । ३६ कुलापानी माथी पर्ने उक्त सडकको पुल निर्माणमा पहिला विजुलीको पोल नसार्दा र अहिले कुलापानीको पानीका कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

कुलाको पानी साईड लगाई पम्पीसेट लगायर पानी तानी पुलको काम गर्न सकिने नगरपालिकाका ईन्जीनियर धर्मराज ढकालले बताउनु भयो ।
ईन्जनियर ढकालले निर्माण कम्पनीको गैर जिम्मेवारी पनाका कारण पुल निर्माणमा समस्या उत्पन्न भएको बताउनु भयो । ठेक्का लिने काम नर्गने निर्माण कम्पनीलाई कारवाही गर्नु पर्नेमा ईन्जिनियर ढकालले जोड दिनु भयो ।

निर्माण कम्पनीका प्रतिनिधी संन्दीप थापाले सम्झौता अनुसार असार मसन्तामा पुल निर्माण सम्पन्न गर्न नसकिने बताउदै कमजोरी भएको स्वीस्कार गर्नु भयो । पहिलाको पुल भत्कायर अलपत्र पारी नयाँपुल समयमा नवनाउदाँ निकै शास्ती भएको स्थानिय तथा प्रौढ समाज बुटवलका अध्यक्ष तिलकराम पौडेलले बताउनु भयो । दुख मात्र भएको छैन यसवाटो भएर वारपार गर्ने विद्याथी महिला वृद वृद्धाहरुले भोगेको सम्मस्या देख्दा कहाली लाग्दो अवस्था रहेको बताउनु भयो ।

त्यस्तै पुल निर्माण स्थल नजिकै रहेको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पुल निर्माण समयमा नहुदाँ आवत जावतमा मात्र नभई यस क्षेत्रको व्यापारमा समेत समस्या उत्पन्न भएको बताउदै नगरपालिका पुल निर्माणमा गम्भिर बन्नु पर्ने बताउनु भयो ।

स्थानिय तथा सुप्रिम कोण्ड ड्रिगंका संचालक यम प्रसाद वस्यालले भएको पुल भत्कायर नयाँपुल बनाउने नाममा लामो समयसम सडक अलपत्रपार्दा व्यवसाय धरासायी भएको बताउनु भयो ।

उता १६।३६ कुलापानीका अध्यक्ष यज्ञ गैरेले विकास निर्माण भन्दा पनि किसानको व्याड राख्ने र रोपाई गर्ने कुरा महत्वपुर्ण भएकाले पानीको मुहान बन्द गर्ने अवस्था नभएको धारणा राख्नु भयो उहाँले निर्माण कम्पनीले कामै नगर्ने अनी कुलापानीले समस्या भएको भनेर उम्कने काम गरेको समेत बताउनु भयो । जेहोस पुल निर्माण समयमा नहुदाँ धेरैले दुःख पाएका छन भने यातायात आवथ जावत पनि अवरुद्ध भएको छ ।