प्रहरीमाथि नै जाईलाग्ने डाकामाथि दुई राउण्ड गोली प्रहार


नेपाल समाचारपत्र, काठमाडौं ।
डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले उनी प्रहरीमाथि जाई लाग्न आएपछि दुई राउण्ड गोली प्रहार गरि पक्राउ गरेको बताएको छ ।

हतियार देखाएर लुटपाट गर्ने समूहका चार जना पक्राउ परेका थिए जसमा उक्त समूहका फरार रहेका तामाङलाई बौद्धबाट पक्राउ गरिएको हो । उनको खुट्टामा गोली लागेको छ ।

उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भर्इरहेको छ ।