माछा मार्दा करेन्ट लागेर एक युवाको मृत्यु


सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको छ । बुधबार सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको हो ।

अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले प्रहरी चौकी पालिका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् । पाणिनी गाउँपालिका – ७ झन्द्रेक कोठामा बस्ने तिमिल्सना माछा मार्ने क्रममा घाईते भई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।