सत्यनारायण स्मृति टेबलटेनिस शुरू



काठमाडौं, (नेस)

सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा बिहीबारदेखि शुरू भएको छ। यु १० ब्वाइज सिंगल्समा एसभीआईका उज्ज्वल मानन्धरले जुगलका हंसल गिरीलाई, सीजीएका आशीष भट्टराईले जुगलका अनमोल केसीलाई, तोरणका प्रभात सेढाईंले जुगलका आर्यन ज्योतिलाई हराए।

त्यस्तै यु–१० गल्र्स सिंगल्समा प्रभातकी क्यारिना सुवालले एभीएमकी निशा अधिकारीलाई प्रोक्सिमाकी नर्मदा खाइतुले एभीएमकी स्वेसा बस्नेतलाई र एभीएमकी आश्मा पहरीले जुगलकी जोनीशा कार्कीलाई पराजित गरेका थिए। तथा युलेन्सकी शुभश्री श्रेष्ठले पनि विजयी भए।

प्रतिक्रिया दिनुहोस्