पचौरता नगरपालिका उपमेयरको घरमा प्र्रहरीको छापा, कीर्ते गर्ने उपमेयर फरार



गोकुल घुरसाइने, बारा
बाराको पचौरता नगरपालिकाकी उपमेयर इन्दुकुमारी यादवको घरमा प्रहरीले बिहिबार दिउसो खानतलासी गरेको छ। इलाका प्र्रहरी कार्यालय सिम्र्रौनगढबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा गएको टोलीले इनर्वास्थित घरमा खानतलासी गरेको हो।

जिल्ला मालपोत कार्यालयबाट जग्गा खरिद बिक्री गर्ने क्रममा अनाधिकृत सिफारिस पत्र दिएको फेला परेपछि उपप्रमुख र उनका श्रीमान विनोद यादवलाई प्रहरीले अनुसन्धानको दायरामा राखेको थियो। खानतलासी क्रममा प्रहरीले उपप्रमुख यादवको घरबाट केही शंकास्पद कागजपत्र समेत बरामद गरेको छ। खानतलासीको समयमा उपमेयर घर भने बाहिर रहेकी थिइन।

किर्ते कागजपत्रको आधारमा डेढ साता अघि भएको जग्गा खरिद बिक्रीमा श्रीमान विनोदले उपप्रमुखको नामबाट हस्ताक्षर गरी फर्जी पत्र तयार पारेको भन्ने सुचना प्राप्त भएपछि थप अनुसन्धानको लागि घर खानतलासी लिनु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो। ‘उपप्रमुखका श्रीमान पनि छानविन दायरामा हुनुहुन्छ, उपरीक्षक भट्टराईले भन्नुभयो ताकेता गरेर पटकपटक बोलाउदा पनि सम्पर्कमा नआएपछि थप कारवाहीको लागि प्र्रहरी बाध्य भएका छौ।’

यसअघि प्रहरीले उपप्रमुख यादवको लेटरप्याड र हस्ताक्षर प्रयोग गरेर बनाइएको फर्जी सिफारिस पत्रको आधारमा जग्गा बिक्री गर्ने पचौरता नगरपालिका ४ का शिवलाल बैठा धोबी, उनकी पत्नी पार्वती देवी बैठा र खरिद गर्ने राजकुमार यादवलाइ्र्र पक्र्राउ गरिसकेको छ।

नगरपालिका वडा नम्बर ४ को एक कित्ता जग्गा खरिद बिक्री गर्दा वडा कार्यालयबाट लिनु पर्ने सिफारिस पत्रमा वडा अध्यक्ष लक्ष्मी यादवको साटो उपप्रमुख यादवको लेटरप्याड र हस्ताक्षर प्रयोग भएको पाइएपछि प्रहरीले उनीहरूलाई पक्र्राउ गरी उपमेयर र श्रीमान दुबैलाई अनुसन्धानको दायरमा राखेको थियो।

जिल्ला मालपोत कार्यालय बारामा उपप्रमुख यादवको हस्ताक्षरमा अनाधिकृत सिफारिस पत्र आएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। नगरपालिकाको दर्ता, चलानी नम्बरको क्र्रम नमिलेकाले सो सिफारिस पत्र फर्जि रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर सिंहले बताउनु भयो।

सोधपुछ क्र्रममा उपप्रमुख यादवले आफुले त्यस्तो अनाधिकृत हस्ताक्षर गरेर कुनै सिफारिस पत्र नदिएको बताए पनि प्रहरीले उपप्रमुख सहित थप ३ जनाको हस्ताक्षर परीक्षणको लागि काठमाडौस्थित प्रयोगशाला पठाएको छ। घटनापछि फरार श्रीमान विनोदमाथि प्रहरीले निगरानी बढाएको छ।

पचरौता नगरपालिकाका मेयर रमेशकुमार यादवले भने उपममुखको नाममा यसअघि पनि हस्ताक्षर लेटरप्याडको दुरूपयोग हुदै आएको बताउनुभएको छ। ‘नगरपालिकमा यस्ता अन्य घटना पनि भएका छन, मेयर यादवले भन्नुभयो– अनुसन्धान गरेर दोषिमाथि कारवाही गरिनुपर्छ।’ पचौरतामा मेयर र उपमेयर यादवबीच नगरपालिकाका अन्य विषयमा समेत लामो समयदेखि विवाद चल्दै आएको र बोलचाल समेत बन्द छ।

प्रतिक्रिया दिनुहोस्