यार्सा टिप्न गएका बालकको भिरबाट लडेर मृत्यु



दार्चुला, (नेस)
दार्चुलामा यार्सा टिप्न गएका बालकको भिरबाट लडेर घट्ना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका २ दुम्लि· बस्ने दिलिप बिष्टका १२ वर्षिय छोरा अनिल विष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्म ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति भिम चन्दले जानकारी दिनुभयो।

गाउँपालिकाको २ नम्बर वडा मै पर्ने दुधिवनबाट यार्सा संकलन गरेर घर फर्किने क्रममा सोही ठाउँको भिरबाट करिव १३÷१४ सय मिटर तल खसेर बालक विष्टको घट्नास्थलमै मृत्यु भएको उहाले जानकारी दिनुभयो।

यार्साको चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीको टोली जिल्लाका यार्सा पाइने पाटनमा खटिएको छ। सशस्त्र प्रहरीको टोलीले घट्नाबारे जानकारी पठाएको गुल्मपति चन्दले जानकारी दिनुभयो।
घट्नाको थप अनुसन्धानका लागी प्रहरी चौकी दुम्लि·बाट प्रहरीको टोली घट्ना स्थल गएको दार्चुलाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो। मृतक विष्ट सर्बहित आधारभुत विद्यालय दुम्·िमा कक्षा ५ मा अध्ययनरत छात्र हुन्।

प्रतिक्रिया दिनुहोस्