हावाहुरी अपडेटः एकको मृत्यु, ५३ जना घाइते


प्रदिप विवश भण्डारी, काठमाडौँ ।
सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुर भीषण हावाहुरी आउँदा एकको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २६ २७ का बीरबहादुर चौधरी रहेका छन् ।

बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिनुभयो ।

एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ ।

घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।