इदुल्ल फित्रमा मुस्लिम धर्मालम्बीहरुले खुशी साटे (फोफिचर)


इदुल्ल फित्र मुस्लिम धर्मालम्बीको महान चाड हो । विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज आफ्नो महान चाड ‘इदुल्ल फित्र’ मनाइरहेका छन् ।

नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले हर्षोल्लासपूर्वक यो पर्व मनाइरहेका छन् । काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ । बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् ।
काठमाडौंको जमलमा रहेको जामे मस्जितलगायतमा पनि बाक्लो उपस्थित छ ।

फोटोः अनील आङदम्बे, नेपाल समाचारपत्र, काठमाडौं ।