प्रधानाध्यापकले गरे लाखौं रकम अनियमितता


नेपाल समाचारपत्र, काठमाडौं ।
कालिकोटका एक विद्यालयका प्रधानाध्यापकले लाखौं रकम हिनामिना गरेको पाइएको छ ।

कालिकोटको जनता माध्यमिक विद्यथालय रामाकोट, खार्दुमा कार्यरत प्रधानाध्यापक जयलाल न्यौपानेले विद्यालयका हरेक कामकार्यमा रकम हिनामिना गरेको खुलेको हो । मिति २०७० देखि ०७२ सम्म आफ्नो दुई वर्षे कार्यकालमा उनले १७ लाख ६ हजार ७ सय ३१ रुपैँया अनियमितता गरेको पाईएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले गरेको अनुसन्धानमा उनले शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा तथा भवन निर्माणको ज्यामीको ज्याला लगायतका कामकार्यमा लेखापालको किर्ते हस्ताक्षर गरी ठगी गरेको पाइएको हो ।

उनले विद्यालयको खातामा रहेको १७ लाख १७ लाख ६ हजार ७ सय ३१ रुपैँया कुल रकममा उनले ८ लाख भन्दा बढि रकम बदनियतसाथ हिनामिना गरेको र बाँकि हुन आउने ९ लाख रुपैँया विद्यालयकै खातामा देखिएको अख्तियारको अनुसन्धानबाट बाहिरिएको छ ।

यसरी विद्यायलय र विद्यालयका विद्यर्थीहरुको सुविधामा खर्चिने रकम अनियमितता गर्ने प्रधानध्यापकलाई कारवाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।