चक्रपथका सवारीको गति सिमा नाप्ने प्रहरीको तयारी


नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले चक्रपथस्थित नयाँ कलंकी– कोटेश्वर सडकमा चल्ने सम्पूर्ण सवारी साधनको गति सिमा निर्धारण गर्ने भएको छ ।

मंगलबार ट्राफिक महाशाखाले सूचना जारी गर्दै यही जेष्ठ २० गतेबाट लागु गरिने बताएको छ ।

ट्रफिक महाशाखाको जानकारी अनुसार सडकको मूख्य लेनमा ५० कि.मि. प्रति घण्टा, सर्भिस लेनमा २० किमि प्रति घण्टा हुनुपर्ने बताएको छ ।

यदी यही तोकिएको गति सिमा पार भएमा कानुन बमोजीम कारवाही गरीने ट्राफिक प्रहरीले जनाएको छ ।