भूकम्प आउँछ भन्दै आतंक मच्चाउने व्यक्ति समातिए


काठमाडौं, देशमा ठूलो भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ३६ वर्षीय ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले युट्युबमा भिडियोमार्फत जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

प्रहरीले उनलाई मंगलवार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

मुलुकी अपराध संहिताको विपद् सम्बन्धी अफवाह फैलाएको कसूरमा उनलाई पक्राउ गरिएको उनले बताए ।