रुकुममा स्थानीय संचीतकोष व्यवस्थापन प्रणाली सुरु


धनवीर दाहाल,रुकुम ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत, लेखाका कर्मचारी र आइटी अफिसर लाई अनुशिक्षण संचालन गरेको छ ।

रुकुम पश्चिमका ६ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत , लेखा अधिकृत एवं लेखापाल र आइटी अफिसर हरुलाई स्थानीय सञ्चीत कोष व्यवस्थापन प्रणाली सम्बन्धी अनुशिक्षण संचालन गरिएको हो ।

स्थानीय तहमा जाने बिभिन्न बजेटलाई व्यवस्थीत गर्न र सफ्टवेयर मार्फत लेखा प्रणालीको विकास गर्नका लागी अनुशिक्षण फलदायी हुने कोष नियन्त्रक इश्वरीप्रसाद ढकालको भनाई छ । स्थानीय संचीतकोष व्यवस्थापन प्रणाली देशैभर लागु हुने भएकोले लेखाको लागी महत्वपुर्ण मानिएको छ ।

मन्त्रीपरिषदको गत बैसाख १७ गतेको निर्णयको आधारमा यो प्रणाली लागुभएको महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत राजेन्द्र भटराईले बताउनुभयो ।

अनुशिक्षणपछि यसको कार्यान्वनलाई जोड दिनुपर्नेमा सरोकारवालाको धारणा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्थानीय संचीतकोष व्यवस्थापन प्रणालीले पार्दशितालाई जोड दिने बिश्वास व्यक्त गनुभयो ।

जिल्लामा पहिलो पटक थालिएको यो स्थानीय संचीतकोष व्यवस्थापन प्रणाली कार्यान्वनका लागी इन्टरनेटको व्यवस्था हुन भने जरुरी छ ।