नेपालको पहिचानका लागि विश्व ह्वील चियर यात्री कालिकोटमा


कालीवहादुर मल्ल, कालिकोट ।

विश्व शान्ति र नेपाल राष्ट्रको पहिचानका लागि विश्व ह्वील चियर यात्री ओखलढुंगा मुलुङ् गाउँपालिका– ४ का ५८ वर्षीय तेजबहादुर कार्की मंगलबार कालिकोटमा सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को पुग्नुभएको छ । विश्व शान्तिको सन्देश छर्न कालिकोट आइपुग्नु भएको हो ।

देशमा दिगो विकास र विश्वमा स्थायी शान्तिको सन्देश दिन २०६१ सालमा यात्रा सुरु गरेका कार्कीले हालसम्म विश्वका ३४ देशमा ह्वील चियरबाट भ्रमण गरि सक्नुभएको छ ।

शरिरका तल्लो भाग ढाडदेखि तल नभएका यात्री कार्की देशमा दिगो विकास, स्थायी शान्ति र मानवअधिकाको प्रत्याभुत हुनुपर्ने बताउनु हुन्छ । ‘शान्ति भएन भने मान्छेले अमनचयन बाँच्न पाउदैँनन् ।’ वहाले भन्नुभयो ‘मानव अधिकार र शान्तिका पहिलो आधार हो ।’

देशमा अहिले पनि अशान्ति, कुप्रथा फैलिदै गएकाले यस्तो यात्रा गर्न थालिएको कार्कीका सहयोगी लक्ष्मी श्रेष्ठ बताउनु हुन्छ् । ‘नेपालका धेरै प्रकार बिकृति रहेको छन् ।’ वहाँले भन्नुभयो,‘नेपालमा पनि शान्ति आवश्यक भएकाले देश भ्रमणमा निस्केका हौं ।’