मौसम वदली: अधिकांस ठाँउमा वर्षा, नदिहरुमा बाढीको सम्भावना


नेपाल समाचारपत्र, काठमाडौं,

मंगलबार देशैभरि आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा दिउँसोदेखि साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।


त्यस्तै बेलुकीदेखि रातिको समयमा देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

प्रि मनसुको समय भएकाले मनसुन पूर्वको समयमा हावाहुरी, चट्याङ र केहि नदिहरुमा बाढि समेत जानसक्के मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्ष नेपालमा मनसुन भने विगत भन्दा ढिलोगरी सुरु हुने अनुमान रहेको छ ।