मधेशलाई सम्बोधन गर्न संविधान संशोधन कुनै हालतमा गर्नै पछैः सांसद साह


काठमाडौं, (नेस) ।
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् प्रमोद साहले संविधान संशोधन नगरेर सरकारले आफूहरुलाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमा नै राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरु उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले साहलाई बोल्न समय दिनुभएको थियो ।

संविधान संशोधनको लागि नै पटकपटक मधेश आन्दोलन र अन्य आन्दोलनमा जनताले ज्यान गुमाएको भन्दै उहाँले संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

राज्य र संविधानले विभेदकारी नीति लिएकाले पनि संशोधन अपरिहार्य भएको उहाँको भनाई छ । झण्डै २ तिहाई मत प्राप्त सरकारले मधेश र मधेशी जनताको भावनामा प्रहार गरेको भन्दै उहाँले संघीयताको मर्म र भावनाविपरीत लोकसेवा आयोगले विज्ञापन गरेकोमा पनि राजपाले आपत्ति जनाउँदै आएको छ ।
सांसद साहले प्रदेशको सञ्रचना बनेपनि प्रदेशलाई अधिकार नदिएको भन्दै उहाँले संघीय सरकारको नियतमाथि पनि प्रश्न उठाउनुभयो ।