कोइराला निवासमा ताला


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ मा एकसय वर्षको अवधिमा गत बिहीबार पहिलो पटक ताला लागेको छ । सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णइ गरेपछि कोइराला निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि हटेका हुन् । त्यसपछि निवासमा ताला लगाउनु परेको हो ।

एकै परिवारका तीनजना भाइहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएकोले निवासको छुट्टैमहत्व छ । पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई जनताको वास्तविक अवस्था देखाउन यही निवासबाट फाटेको भोटो पार्सल गरेर पठाएका थिए ।