मारुनीमा पुष्प र साम्राज्ञीको प्रेम


आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिज हुने फिल्म मारुनीको फस्ट लुक सार्वजनिक गरिएको छ।

फिल्मको फस्ट लुकमा मुख्य कलाकारहरू नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई देखाइएको छ। टौवा क्रियसनले तयार पारेको पोस्टरमा साम्राज्ञी र पुष्पको प्रेम झल्किएको छ। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक वर्षपछि यो फिल्ममार्पmत फेरि पर्दामा देखिँदै छिन्।

गत वर्षको असोजमा उनी अभिनित फिल्म इन्टु मिन्टु लन्डनमा रिलिज भएको थियो। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले मारुनीलाई आफ्नो करिअरको महŒवाकांक्षी फिल्म भनेकी छिन्। उनले यस्तो भूमिका यसअगाडि आफूले नगरेको बताइन्। फिल्ममा नायिका रेविका गुरुङ पनि मूख्य भूमिकामा छिन्।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्म नवल नेपालले निर्देशन गरेका छन्। राजा प्रधान, दर्शना केसी र मीना क्षेत्री सह–निर्माता रहेको फिल्म सञ्जय लामाले खिचेका छन्।

फिल्मकी निर्मात्री पुनम गौतमले यसपटक दर्शकको मुटु छुने कथामा फिल्म बनाएको दाबी गरेकी छिन्। ‘फिल्ममा थुप्रै ट्विस्ट छन्, जसका कारण फिल्मले दर्शकलाई छुन्छ’ –उनको दाबी छ।