मुख्यमन्त्री अस्पताल भर्ना


हेटौंडा, (नेस) । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ ।

उहाँ मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । अस्पतालका विषेशज्ञ चिकित्सक टोलीले उहाँको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीका सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।