त्रिवेणी गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक निर्माण गरी संचालन


सरिता चलाउने, सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकाले हाम्रो त्रिबेणी नामक स्थानीय पाठ्यपुस्तक निर्माण गरी संचालनमा ल्याएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्य सल्यानको त्रिबेणी गाउँपालीकाले जिल्लामै पहिलो पटक हाम्रो त्रिवेणी नामक स्थानीय पाठयक्रम निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
उक्र स्थानीय पाठ्यक्रमको एक कार्यक्रमका बिच आईतबार बिमोचन तथा प्रबोधिकरण गरिएको छ ।
७ सय ५३ स्थानीय तह मध्य त्रिबेणी गाउँपालीकाले पहिलो पटक १ कक्षा देखि ५ कक्षा सम्मको एक सय पुर्णाङकको हाम्रो त्रिबेणी नामक पाठयक्रम निर्माण गरी संचालनमा ल्याएको गाउँपालीका अध्यक्ष मान बहादुर डागीले बताउनु भयो ।

विद्यालय स्तरको पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर शिक्षालाई अझँ जीवनसँग जोड्ने प्रयोजनका साथ हाम्रो त्रिबेणी नामक स्थानीय पाठ्यक्रम सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।

पछिल्लो समय सस्कार, सम्मान आफ्नो धर्म, पहिचान बाट पलायन हुदै गएकाले तिनै ससकृतिहरुलाई जग्रेर्ण गर्ने उदेश्यले यो कार्यको थालनी गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, शिक्षालाई गुणस्तर बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निर्माण गरिएको हो, बालबालीकाले सस्कार सिकुन, आमा बाबाको सम्मान गर्न सिकुन, धर्म सिकुन, यो पाठ्यक्रमले बालबालीकाले घरका अभिभावकलाई सम्मान गर्न सिक्ने छन, बिभिन्न मौलीक कलाको बारेमा जान्ने छन,ससकृतिको बिकास, समृद्धिको बिकास गर्न यो पाठयक्रमले टेवा पु¥याउने उहाँले बताउनु भयो ।

आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी मात्र नदिई स्थानीय तहका सांस्कृतिक ऐतिहासिक र आर्थिक विशेषतासमेतको जर्गेना गर्ने लक्ष्य राखिएको डाँगीले बताउनु भयो । ‘स्थानीय पाठ्यक्रम निर्माणकै क्रममा स्थानीय तहले आफ्नो विशेषता सहितको अध्ययन र अनुसन्धान गर्दा धेरै छायाँमा परेका र छोपिएका विषयवस्तुलाई सतहमा ल्याई संरक्षण गर्ने छ।’

पाठ्यक्रममा गाउँपालीका भित्र रहेका मठ, मन्दीर, कला सस्कृति, जात्रा मेला पर्ब, सम्पदाको प्रचार प्रसारको लागी पनि बालबालीकाले बुझने अध्यक्ष डागीले बताउनु भयो ।

आउदो बर्ष पाठ्यपुस्तक नै निर्माण गरी गाउँपालीकाका सबै बिद्यालमा लनगु गर्ने उहाँले बताउनु भयो ।
संसारभरीका कुरा पढेपनि गाउँपालीका भित्रको कुराको अध्यान नभएकाले यहाँको बिकास र समृद्धिको लागी पाठ्यक्रमले सहयोग गर्ने उपाध्यक्ष करुणा खडकाले बताउनु भयो ।

शिक्षाको धेरै आबश्यक भएकाले शिक्षाको सुधारको लागी छलफल र समन्वयका माध्याम बाट पाठ्यक्रम निर्माण गरी संचालनमा ल्याउन सफल भएको उहाँले बताउनु भयो ।

स्थानीय तहको कृर्षि, सस्कार, सिकाई, स्थानीयतहले प्रदान गर्ने सेवाहरुको सुची, लेखापढी बिषयबस्तु लगायतका बारेमा समेटेर पाठ्यक्रम निर्माण भएको गाउँपालीका शिक्षा शाखा प्रमुख दामोदार अधिकारीले बताउनु भयो ।

त्रिवेणी गाउँपालिका भित्र रहेका २९ सामुदायिक विद्यालय र ७ निजी विद्यालयमा हाम्रो त्रिवेणी नामक पुस्तकमा स्थानीय स्थरका आधधारमा ज्ञान दिने, लोप हुदै गएकाले पुराना मौलीक कलाका बारेमा जानकारी दिने गरी अध्ययन अध्यापनमा आउने प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले बता्उनु भयो ।