नेपाल प्रहरीसँग के गर्दैछ अमेरिकी सेनाको अधिकृत क्योडेट टोली ?


काठमाडौं, सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी, कार्यशैली र अनुभव आदानप्रदान गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त टोलीसँग भेटघाट गरी भूकम्प, बाढी पहिरो, दुर्घटना जस्ता विपदजन्य घटनामा उद्धार, पुनर्स्थापना लगायतको भूमिकामा नेपाल प्रहरीको अनुभव आदान प्रदान गर्नुभयो । सो क्रममा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

साथै उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयकोतर्फबाट प्रहरी उपरीक्षक सबिन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।