गाउँका शिक्षकलाई समयमै तलब, उपमहानगरका ४ महिनादेखि जिल्ल


हेटौंडा, (नेस) ।
हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकले समयमै तलब नपाउँदा घरखर्च चलाउन र परिवार पाल्न समस्या भएको गुनासो गरेका छन् । जबकि, मकवानपुरका ८ वटै गाउँपालिका र थाहानगरले शिक्षकको तलब निकासा गरिसकेको छ ।

उपमहानगरभित्रका माध्यमिक, आधारभुत, प्राथमिक तह साथै वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारी, सहयोगी कार्यकर्ता, राहत शिक्षकले तबल पाएका छैनन् ।

तलबभत्ता हालसम्म निकासा नहुँदा जिल्ला बाहिरका र स्थानीय शिक्षकलाई समस्या भएको उनीहरुको गुनासो छ । आर्थिक प्रतिवेदन र खर्चको फाँटवारी सम्बन्धित निकायमा पेश गर्न स्थानीय तहले ढिलासुस्ती गरी शिक्षाप्रति बेवास्ता गरेको शिक्षकहरुले आरोप लगाएका छन् ।

स्थानीय तहको गैरजिम्मेवारी पूर्ण कार्यशैलीका कारण श्रमजीवीले श्रम ऐनअनुसार समयमै तलबभत्ता नपाउँदा आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ । ‘स्थानीय सरकारमा शिक्षा क्षेत्र गाभिएपछि सहज हुने आश थियो । तर, उल्टो भयो,’ शिक्षकहरुले भने–पारिश्रमिक पनि पाउन मुस्किल छ ।

स्थानीय सरकार आएपछि सहज हुनुपर्नेमा शिक्षकले ४ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । उपमहानगरपालिकाको बेवास्ताको कारण आफूहरुले समयमै तलब नपाएको शिक्षकको गुनासो छ । तलब नपाएको ४ महिना बित्दासमेत तलब आउने छाँटकाँट नदेखेपछि शिक्षकहरु हार÷गुहार गरिरहेका छन् । ‘तलब चाँडै निकासा गरिदिनुप¥यो भन्दै नगरपालिकामा हामी पटकपटक धाएका छौं । तर, व्यबस्थापन मिलाउन कर्मचारी नभएको नगरपालिकाले जवाफ दिने गरेको छ,’ एक शिक्षकले भने ।

‘केही नभनी विद्यालयमा अहोरात्र शिक्षण ग¥यौं । तर, स्थानीय संरचना बनेपछि हामीलाई उपेक्षा गरियो,’ उनीहरुले भने–स्थानीय सरकार गठनपश्चात् शिक्षक एवम् शैक्षिक गुणस्तर व्यबस्थापनको जिम्मेवारी स्थानीय सरकारको भए पनि नगरपालिकाले हाम्रो श्रमको कुनै मूल्यांकन गरेको छैन ।

शिक्षा कार्यालयमार्फत् योग्यता परीक्षा पास भएका आफूहरुलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मान्यताविपरीत तलब नदिनु न्यायोचित नभएको उनीहरुको टिप्पणी छ । उनीहरुले शिक्षकलाई तलब खुवाउनेतर्फ नगरपालिकाले अविलम्ब बजेट निकासा गर्नुपर्ने माग गरे ।
लामो समयदेखि विद्यालयमा काम गर्दै आए पनि हाल स्थानीय तहले तलब नपठाउँदा आफूहरु अलमलमा परेको अर्का शिक्षकले बताए ।

उनले भने–शिक्षा मन्त्रालयले सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिए पनि स्थानीय तहले हामीहरुप्रति बेवास्ता गर्यो । जनताको सरकार घरैमा आयो भनेर हामी धेरै खुशी थियौं ।

तर, स्थानीय तहको यस्तो रवैयाले हामीलाई मर्माहत बनायो । हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत २÷३ दिनभित्र तलब निकासा हुने दाबी गर्नुहुन्छ ।