जापान अहिले हावामा कमाई खाने भांडो भएको छ: महानिर्देशक भुसाल


यमलाल भुसाल, बुटवल।
बैदेशीक रोजगारीमा जानेको संख्या ३९ प्रशितले घटेको बैदेशीक रोजगार विभागका महानिर्देशक डाक्टर विष्णुकुमार भुसालले बताउनु भयो ।

बैदेशीक रोजगारीका लागि मलेसियामा गरिएको कडाई, धेरै तलव दिने देशमा जान थालेपछि र स्वदेशमै युवाहरुले पेशा व्यवसायमा लागेपछि बैदेशीक रोजगारमा जानेको संख्यामा कमी आएको महानिर्देशक भुसालले बताउनु भयोे ।
रिपोर्टर्स क्लवले आईतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महानिनिर्देशक भुसालले बैदेशीक रोजगारमा हुने ठगी र अनियमितालाई नियन्त्रण गरिने बताउनुभयो ।

बैदेशीक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि कर्मचारी र व्यवसायीको सुद्विकरण गर्न लागिएको बताउंदै उहाँले बैदेशीक रोजगारलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक भएको उल्लेख गर्नु भयो ।

उहाँले रोजगारका लागि विदेश जांदा कोही पनि ठगिन नपरोस भनेर सूचना र सचेतना कार्यक्रमहरुलाई स्थानीय तहमा केन्द्रित गरिने जानकारी गराउनुभयो ।
महानिर्देशक भुसाललका अनुसार गाउंगाउंमा रहेका एजेण्टहरुको ठगीमा ठूलो भूमिका रहेको छ ।

जापान जाने र पठाउने नाममा ठूलो चलखेल भैरहेको र हावाहावैमा जापान अहिले कमाई खाने भांडो भएको महानिर्देशक भुसालले बताउनुभयो ।

जापानको लोभमा ठूलो धनराशी खर्च हुने बताउंदै बैदेशीक रोजगारलाई सहज र व्यवस्थित गराउने गरी विभागले अनलाई पद्वतिबाट श्रम स्वीकृति, नविकरण जस्ता विभिन्न सेवा उपलब्ध गराउन तयारी गरेको छ ।

आगामी असार १५ गतेदेखि बैदेशीक रोजगारमा जान चाहाने युवायुवतीका लागि १२ किसिमका सीपमूलक तालिम दिन शुरु गरिने महानिर्देशक भुसालले बताउनु भयो ।