निरङकुस बनिरहे ओली सरकारको हालत राणा र पञ्चायतकै जस्तै हुन्छः सभापती देउवा


यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले दुइ तिहाइको सरकारले आफना निरङकुश गतीविधिहरु नसच्याए राणा र पंचायतको जस्तै हालत हुने चेतावनी दिनु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवा बिमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापती देउवाले निरङकुस बनीरहे राणा र पञ्चायत जस्तै ओली सरकार पनि ढल्ने दावी गर्नु भएको छ ।

राणा र पंचायत संग शक्ति थिएन र ? तैपनि काँग्रेसकै नेतृत्वमा ढल्यो । निरङकुस गतीविधि नसच्याए ओली सरकारको हालत पनि तीनको जस्तै हुनेछ’ सभापती देउवाले भनु भयो । न्यायालय, प्रेस र मानवअधिकार माथिको हस्तक्षेप र नियन्त्रणमुखी बिधेयकले ओली सरकारको तानाशाही चरित्र छर्लङ्ग भएको टिप्पणी देउवाले गर्नु भयो ।

मिडीया काउन्सिल,मानवअधिकार र शान्तिसुरक्षा सम्बन्धि बिधेयक काँग्रेसले कुनै हालतमा पास हुन नदिने उहाँले बताउनु भयो ।

पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले बालुवाटार जग्गा प्रकरण र वाइड बडी बिमान प्रकरणको सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ आग्रह पनि गर्नु भयो ।

ती मुद्यामा तपाइको पनि नाम जोडियो नी ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा काँग्रेस सभापती देउवाले त्यसमा अफनो कुनै संलग्नता नभएको स्पष्ट पार्नु भयो । ‘यी काण्डमा मेरो कुनै संलग्नता छैन । सदनमै स्पष्ट भनीसकेको छु , त्यसको अनुसन्धान गर्ने अख्तियारले हो ।

काँग्रेसले बनाएको छाँया सरकारका मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका कमीकमजोरी र सरकारका गलत क्रियाकलापका बिषयमा खोजी गरी संसदबाटै ती बिषयलाइ उठान गर्ने बताउनु भयो ।

कम्युनिष्ट सर्बसत्ताबाद बिरुद्ध लड्न काँग्रेस भित्र एकता जरुरी भएकाले पार्टीलाइ एक ढिक्का बनाएर लैजाने प्रक्रिया अगाडी बढेको देउवाको बथन थियो । गुटको अन्त्य गरी एकता कायम गर्नु मेरो दायित्व र जिम्मेबारी हो ,त्यसलाइ पुरा गर्नेछु’ काँग्रेस सभापती देउवाले भन्नुभयो ।