मालढुंगा बेनी सडक र कोरल्ला भंसार कार्यालय खोल्ने निर्णयः स्थानीय उत्साहित


नेपाल समाचारपत्र, पर्वत ।

गण्डकी प्रदेशको उत्तरी नाका मुस्ताङ जिल्लामा भन्सार कार्यालय स्थापना गर्ने तथा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा –बेनी जोड्ने सडकका लागि बजेट बिनियोजन भएपछि यस क्षेत्रका बासिन्दा उत्साहित बनेका छन ।

सरकारले यस बर्षको बजेटमा मुस्ताङ जिल्लामा भन्सार कार्यालय खोल्ने तथा मालढुंगा बेनी सडकका लागि बजेट बिनियोजन गरेपछि यस क्षेत्रका बासिन्दाहरु उत्साहित भएका छन ।
सडकका लागि बजेट बिनियोजन पछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन ।

नेपाल र चिनको सिमानामा पर्ने कोरला नाकाबाट अन्तराष्ट्रिय ब्यापार बिस्तार गर्ने गण्डकी प्रदेश सरकारको पनि सोच छ । मुस्ताङको लोमान्थाङमा पर्ने कोरला नाकामा चिनले धमाधम भौतिक निर्माण गरिरहेको छ । चिनको तर्फबाट बनाइएको भन्सार कार्यालय लगभग सकिएको छ । तर नेपाली पक्षबाट निर्माण गरिएको छैन ।

नेपालले कोरला नाकासम्म सडक भने दु्रत गतिमा निर्माण गरिरहेको छ । सो सडक सकिए लगत्तै दुई देशबीचको ब्यापार शुरुवात गर्नका लागि भन्सार कार्यालयको अति आवश्यकता थियो । सरकारले आवश्यकतालाई सम्बोधन गर्दै यो बर्षका लागि बजेट बिनियोजन गरेकोले यस क्षेत्रको आर्थिक बिकासमा टेवा पुग्ने बिश्वास लिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

यसैगरी कोरल्ला नाकासँंग जोड्ने पर्वतको मालढुंगा देखि म्याग्दीको बेनीबजार सम्मको सडक समेत दुई लेनको बनाउने कुरा बजेटमा आएको छ । मालढुंगा देखि बेनी सम्मको सडक साँघुरो हुँदा समस्या थियो । १३ किलोमिटर लामो यो सडकलाई फराकिलो बनाउन डिपीआरमा ९९ करोड बजेट लाग्ने अनुमान छ ।

डिपीआर अनुसार बजेट बिनियोजन भएपछि उत्तर दक्षिण जोड्ने यो सडक खण्ड महत्वपुर्ण मार्गको रुपमा आउने छ । कालीगण्डकी करिडोर अन्र्तगत बजेट बिनियोजन भएका कारण अब मालढुंगा देखि करिडोर पर्वत हुँदै बेनी पुग्ने निश्चित पनि भएको छ ।

पर्वतबासीले मालढुंगा बेनी सडक बिस्तारका लागि अनुरोध गर्दै आएका थिए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना यो सडकमा डिपीआर अनुसार बजेट बिनियोजन गराउन निरन्तर लाग्नु भएको थियो ।