तलव बृद्धिले बृद्धबद्धा र कर्मचारीमा उत्साह छाएको छ: मन्त्री बास्कोटा


बुद्ध नेपाली, सिन्धुली ।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री गोकुल कुमार बास्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले चुनावी घोषणा पत्रको आधारमा आर्थिक बर्ष २०७६।०७७ को बजेट ल्याएको बताउनुभएको छ ।

आईतवार विहान प्रेस संगठन नेपाल जिल्ला शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेकपाले समृद्धी र सुखलाई प्रमुख आधार बनाएर अघि बड्ने निष्र्कश निकालेर सोही अनुसार बजेट ल्याएको दावी गर्नुभयोे ।उहाँले भन्नुभयो ‘सरकारले खास गरी १५ औं पन्चबर्षिय योजनालाई अगाड्री सारेको छ । यस अर्थ बजेट चुनावको घोषणा पत्रलाई आधार मानेर समृद्ध र सुःखलाई आधार बनाएर ल्याएको छ’ ।

आगामी बर्षको बजेटले जनताको जीवनस्तर गुणात्मक सुधार गर्ने लक्ष्य लिएको मन्त्री बास्कोटाको दावी छ । उहाँले भन्नुभयो ‘सामाजीक न्याय सहितको दु्रत आर्थिक विकासको नितिलाई बजेटले अबलम्बन गरेको छ । समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने ठोस प्रक्रियाहरु सुरु गरेको छ’ । उहाँले जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले शिक्षा,स्वास्थ्य, पुर्वाधार जस्ता क्षेत्रमा महत्वपुर्ण नितिहरु अघि सारेको बताउनुभयो ।

उहाँले बृद्धभत्ता, कमर््चारीको तलव बृद्धिले बृद्धबद्धा र कर्मचारीमा उत्साह छाएको बताउनुभयो । ‘सरकारको पहिलो बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले अली अली आलोचना गरेको थियो । तर अहिलेको बजेटलाई कही कतैबाट केही भन्न नसकेपछि लास्टमा वितवरण मुखी बजेट भनेको छ’ उहाँले भन्नुभयो ।

संसदमा दर्ता भएको मिडिया काउन्सील विधेयकका बारेमा पत्रकारहरुले राखेको जिज्ञासामा उनले उक्त विधेयक संचार क्षेत्रको भलाईका लागी ल्याएको दावी गनुर््भयोे ।
पछिल्लो समयमा सार्वजनिक भईरहेका दुई अध्यक्षका अभिव्यक्ती अनावश्यक प्रचारमात्र भएको बताउनुभयो ।