अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ


सर्लाही, बिष्णु गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ४ केजी सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका-७ लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र सोही ठाउँ बस्ने २० वर्षीय विवेक साह रहेका छन् ।

कौडेनाबाट भारततर्फ जाँदै गरेको बिआर ३० टि ७४१९ नम्बरको मोटरसाइकल सिमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्किभित्र लुकाइछिपाई ल्याएको उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये अजय मोटरसाइकल चालक हुन भने विवेक मोटरसाइकलमा सवार थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।