संस्थानहरूको खुद नाफा साढे ४३ अर्ब


नेपाल समाचारपत्र, काठमाडौं

र्वजनिक संस्थानको सञ्चित नाफा ४४ अर्ब ८७ करोड १३ लाख रुपियाँ पुगेको छ। अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको वार्षिक स्थिति, २०७६ अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार संस्थानहरूको खुद नाफा ४३ अर्ब ४४ करोड ८९ लाख रुपियाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ३९ वटा सार्वजनिक संस्थान अस्तित्वमा रहेका थिए। जसमध्ये ३६ वटा सञ्चालनमा रहेका छन् भने जनकपुर चुरोट कारखाना, नेसनल कन्ट्रक्सन र नेपाल इन्जिनियरिङ लिमिटेड खारेजीको प्रक्रियामा रहेका छन्। जनकपुर चुरोट कारखानाबाट भने भाडावापत केही आम्दानी हुँदै आएको छ। तीमध्ये २६ वटा संस्थान खुद नाफा रहेका छन्। जसबाट ४४ अर्ब ९ करोड ९ लाख रुपियाँ नाफा भएको थियो। तर, बाँकी संस्थानका ६४ करोड २० लाख रुपियाँ खुद नोक्सानमा जाँदा ४३ अर्ब ४४ करोड ८९ लाख रुपियाँ खुद नाफा भएको हो।

नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरण नाफामा जाँदा समग्र संस्थानको खुद नाफामा सुधार भएको हो। समूहगततर्फ व्यापारिक क्षेत्रका संस्थानमा १४ अर्ब ३० करोड ४४ लाख, सेवा क्षेत्रको संस्थानमा ८ अर्ब ८४ करोड ८८ लाख, जनउपयोगी क्षेत्रका संस्थानतर्फ ३३ अर्ब ६८ करोड ९९ लाख र वित्तीय क्षेत्रका संस्थानमा २ अर्ब ७८ करोड ७६ लाख रुपियाँ सञ्चित नाफा रहेको छ। त्यस्तै औद्यागिक क्षेत्रतर्फका संस्थान १३ अर्ब ८७ करोड ८५ लाख र सामाजिक क्षेत्रतर्फका संस्थान ३ अर्ब ४१ करोड ९२ लाख रुपियाँ नोक्सानी रहेको छ।

सार्वजनिक संस्थानमा सरकारको ९२ दशमलव ४७ प्रतिशत, संस्थानको २ दशमलव ५४ प्रतिशत र निजी क्षेत्रको ४ दशमलव ९८ प्रतिशत लगानी रहेको छ। नाफामा सञ्चालन भइरहेका संस्थानहरुबाट आर्थिक वर्ष २०७४÷७५ मा ९ अर्ब ८९ करोड रुपियाँ ४८ लाख रुपियाँ लाभांश प्राप्त गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७ दशमलव २८ प्रतिशतले बढी हो। सरकारले सार्वजनिक संस्थानमा गरेको २ खर्ब ३७ खर्ब ९ करोड रुपियाँ शेयर लगानीबाट उक्त लाभांश प्रँप्त गरेको हो। विगत पाँच वर्षमा औद्योगिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन। सेवा क्षेत्र र जनउपयोगी क्षेत्रबाट विगत पाँच वर्षदेखि लाभांश प्राप्त हुँदै आएको छ। वित्तीय क्षेत्रबाट भने आर्थिक वर्ष २०७१÷७२ मा बाहेक अन्य वर्षमा लाभांश प्राप्त हुँदै आएको छ। सरकारले सार्वजनिक संस्थानमा १ खर्ब ६४ अर्ब ४२ करोड रुपियाँ ऋण लगानी गरेको छ।

आर्थिक वर्ष २०७४÷७५ सम्म संस्थानको कुल चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव ५ प्रतिशतले वृद्धि भई २ खर्ब २२ अर्ब ७ करोड ७९ लाख रुपियाँ पुगेको छ।साथै सम्पत्तितर्फ २८ दशमलव १५ प्रतिशतले वृद्धि भई १३ खर्ब ८६ अर्ब ६९ करोड १० लाख रुपियाँ पुगेको छ।

त्यस्तै २०७४÷७५ को संशोधित कुल गार्हस्थ्य उत्पादन ३० खर्ब ७ अर्ब रुपियाँमध्ये संस्थानको कुल सञ्चालन आयको अनुपात १३ प्रतिशत अर्थात ३ खर्ब ९० अर्ब रहेको थियो। संंस्थानको कुल चुक्तापुँजी अघिल्लो आर्थिक वषको तुलनामा २१ द्यशमलव ५ प्रतिशतले वृद्धि भई २ खर्ब २२ अर्ब ७ करोड ७९ लाख रुपियाँ पुगेको छ।

सार्वजनिक संस्थानहरुबाट ९४ अर्ब ७ करोड रुपियाँबराबरको राजस्व संकलन भएको छ। यो कुल राजस्वमा सार्वजनिक संस्थानबाट संकलित राजस्वको योगदान १२ दशमलव ९ प्रतिशत बराबर हो।सार्वजनिक संस्थानमध्ये छ वटामात्रै नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकरण भएका छन्। जो वित्तीय क्षेत्रका पाँच र जनउपयोगी क्षेत्रको एउटा संस्थान रहेको छ। पुँजीबजारको समग्र पुँजीकरणमा कमी आउँदा सूचीकृत संस्थानको पुँजीकरणमा ६ दशमलव ५६ प्रतिशतले कमी आउँदै समग्र बजार पुँजीकरणमा सरकारी संस्थानको १५ दशमलव ६३ प्रतिशत हिस्सा रहेको उक्त तथ्यांकमा उल्लेख छ।

गत असार मसान्तसम्म संस्थानको शेयरधनी कोष ५ खर्ब ९ अर्ब ६२ करोड ८ लाख रुपियाँ पुगेको छ। शेयरधनी कोषको औसत ४१ दशमलव ३० प्रतिशत रहेको छ। औद्योगिक क्षेत्रको यस्तो कोष ऋणात्मक रहेको छ। सरकारको पूर्ण स्वामित्वमा १८ कम्पनी रहेका छन् भने १७ वटा संस्थानमा अधिकांश शेयर रहेको छ। त्यस्तै ५० प्रतिशतभन्दा बढी शेयर चार वटा संस्थानमा रहेको छ। सरकारको शेयर लगानीमध्ये नेपाल विद्युत् प्राधिकरण ९४७ दशमलव १ प्रतिशत० नेपाल नागरिक उड्डयन प्राधिकरण ९१८ दशमलव ९८ प्रतिशत० र नेपाल दूरसञ्चार कम्पनी ९६ दशमव ८५ प्रतिशत०मा रहेको यी संस्थानमा गरिएको लगानी जलविद्युत् आयोजनाm प्रसारण लाइन, नागरिक उड्डयन प्राधिकराको क्षमता विस्तार एवम् नयाँ विमानस्थलको निर्माण तथा ग्रामीण दूरसञ्चारको विस्तारमा केन्द्रित रहेको छ।