महिलालाई धर्मगुरुबाट अपमान साहित्यकारबाट सम्मान


प्रानेपाल समाचारपत्र, काठमाडौं

यः सबैजसो कार्यक्रमको मञ्चमा पुरुष नै हुने परम्परालाई तोड्दै शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एउटा कार्यक्रममा अध्यक्षदेखि प्रमुख अतिथि तथा विशेष अतिथि दुई जनाबाहेक सबै महिला नै थिए।

केही वर्ष पहिला महिलालाई सम्मान गर्नुको सट्टा वैष्णव धर्मका गुरु मानिएका व्यक्तिले गुरुको आशीर्वाद थाप्न भनी गुरुलाई ढोग्न गएकी महिलालाई छुन हुन्न भनेर पन्छाएका थिए। त्यही महिलालाई एक साहित्यका पुजारीले ८८ वर्षको उमेरमा प्रमुख अतिथि बनाएर मञ्चमा राखेर सम्मान गर्दा सबै हर्षित भए।

साहित्यकार मोहन दुवालको संकलन र सम्पादनमा ७५ जना चर्चित लेखिकाहरू समेटिएको ‘अक्षर विम्बमा लेखिकाहरू’ ९खण्ड १० बृहत् ग्रन्थ एक कार्यक्रमका बीच सार्वजनिक गर्ने क्रममा समाजसेवी, लेखक भद्रकुमारी घलेले भन्नुभयो– ‘हरेक मानवलाई सबल बनाउने तिनै महिला आमा हुन्, तिनको सम्मान गर्नुपर्छ। महिलाहरूको महŒवपूर्ण इतिहास वरिष्ठ साहित्यकार दुवालले लेखिदिनुभएको छ। हरेक व्यक्तिको आत्मामा भगवान्ले बास लिएकै हुन्छन त्यसैले कसैले पनि महिला, दुःखी गरिब भनेर नहेपून् र यसबाट शिक्षा लिऊँन्।’ सोही अवसरमा उहाँले ग्रन्थको विमोचन गर्दै जनमत वाङ्मय प्रतिष्ठान नेपाललाई महिलाका क्षेत्रमा आगामी दिनमा पनि ग्रन्थ निकाल्न सहयोगस्वरूप एक लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो।

उहाँले बूढाबूढीको कथा व्यथा बूढाबूढीले लेख्ने र अधबैंसेले पढ्ने गरेमा भोलिको दिनको महसुस गर्न सजिलो हुन्छ र नीति नियम बन्दा पनि सबै पक्षको भावना समेटिन्छ भन्नुभयो।

सोही अवसरमा साहित्यकार माया ठकुरीले जबसम्म महिला शिक्षित हुन्नन् तबसम्म महिला र पुरुषको समान अधिकारका विषयले पूर्णता पाउँदैन। जति पनि आर्थिक तथा सामाजिकरूपमा अनियमितताको बढेको छ, यसको प्रमुख कारण भनेकै महिला अशिक्षित हुनु नै हो। वास्तवमै देशको विकास र आर्थिक अनियमिततालाई कमी गर्ने हो भने महिलालाई शिक्षित बनाउन सबै पक्षको साझा एजेन्डा बन्नुपर्छ भन्नुभयो।

सोही अवसरमा सम्पादक दुवालले आगामी दिनमा नियमितरूपमा क्रमशः अन्य भाग महिलाका मनोभावना समेटिएका ग्रन्थ प्रकाशन गर्दै अघि बढ्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो। कार्यक्रममा डा। अनुजा श्रेष्ठ बुद्ध धर्मका गुराआमा ९भन्ते०, शान्ता श्रेष्ठ, गिता केशरी, लक्ष्मी मालीलगायतका वक्ताहरूले महिलाहरूको योगदानको कदर गर्दै प्रकाशित ग्रन्थ ऐतिहासिक र महŒवपूर्ण भएको विषयमा चर्चा गरेका थिए।