भाजपा विजयको कारण र भविष्य

0
Shares

दामोदर पौडेल
हालै भएको भारतीय लोकसभाको चुनावमा भारतीय जनता पार्टी ५४३ सिटमध्ये ३५० को हाराहारीमा सिट जितेर प्रचण्ड बहुमतका साथमा विजयी भयो। नेसनल डेमोक्रेटिक एलाइन्स ९एनडीए०को नेतृत्व गरेर भाजपाको त्यो मत आएको भए पनि भाजपा एक्लैले ३ सयभन्दा बढी मत ल्याएको छ र यो अघिल्लो चुनावको भन्दा बढी हो।
हिन्दुवादी दल भएको अरूको आरोप, मुस्लिम समुदायले मत दिँदैनन् भन्ने अभिव्यक्ति भाजपाका नेताहरूले नै दिएका, सबैजसो ठूला दल भनिएकाहरू भाजपाको विरुद्धमा लगभग एकजुट भएका अवस्थामा समेत भाजपाले ५० प्रतिशतभन्दा बढी जनप्रिय मत ल्याएर चुनाव जितेको छ। यो विजयका पछाडि केही कारणहरू छन्।

पहिलो त मुस्लिमहरूको कट्टरता र पाकिस्तान, अफगानिस्तान, बंगलादेश र कास्मिरसमेतमा हिन्दुहरूप्रति मुस्लिमबाट गरिएको भनिएको असहिष्णु व्यवहार नै भाजपाको विजयका लागि प्रमुख आधार बनेको हो। अफगानिस्तानमा हिन्दुहरूलाई तालिवानले तीन–चारवटा फर्मान जारी गरेको थियो। तिनमा हिन्दुहरूले बाहिर हिँड्दा पहेंलो कपडा लगाउनुपर्ने वा मुसलमान बन्नुपर्ने वा देश छोड्नुपर्ने र त्यसो नभए मारिन तयार हुनुपर्ने थिए। यी कुरा हिन्दुहरूले भाजपालाई मत दिने स्वाभाविक जस्ता लाग्ने कारण थिए। दोस्रोमा उपल्ला जातहरूलाई आरक्षण दिनेसमेतका योजनाले सावर्ण अर्थात् उपल्ला जातका भनिनेहरू भाजपाप्रति उदार भए। भाजपालाई हिन्दुहरूको मात्र मत आउँदा र हिन्दु मत सकेसम्म धेरै ‘पोलराइजेसन’ हुँदा नै फाइदा छ भन्ने प्रस्ट थाहा थियो। कांग्रेससमेतका दलहरूले गैरहिन्दुहरूको पक्षमा आवाज उठाउँदा हिन्दुहरूले स्वभावैले भाजपा आफूहरूको दल हो भन्ने महसुस गरे।

वास्तवमा नै मुस्लिमहरूको कट्टरता र क्रिश्चियनहरूको धर्म प्रचारको व्यापकताले धेरै हिन्दुहरू वाक्क भएका हुन्। कांग्रेसले मुसलमान आतंकवादीहरूको प्रसंगमा भारतमा हिन्दु आतंकवादीहरू भएको उल्लेख गरेपछि न्युट्रल हिन्दुहरूले कांग्रेसलाई मत दिनुपर्ने आवश्यकता सम्झेनन्। यहाँसम्म कि भारतको राजस्थानका प्रख्यात मुसलमान नेताले नै प्रस्टै भने– मुस्लिमहरूमा आतंकवाद छ तर हिन्दुहरू मुस्लिमको कारणले प्रतिआतंकवादी भएका होलान्। तर उनीहरू आफैमा कहिल्यै आतंकवादी हुन सक्दैनन्। एकातिर मुसलमान बहुल देशहरूमा हिन्दुहरूप्रति कठोर व्यवहार हुनु र अर्कोतर्फ मुसलमान धर्मगुरु र सोही आधारमा राजनीतिमा आएका भारतीयहरूले हिन्दु धर्मको विरोधमा भएको अभिव्यक्ति दिँदा हिन्दुहरू ‘पोलराइजेसन’तर्फ जानु अन्यथा होइन। असबुद्दिन औबिसी भारतका प्रख्यात धार्मिक र राजनीतिमा समेत रहेका मुस्लिम नेता हुन्। उनले प्रस्टै भने कि म हिन्दुत्वको विरोध गर्दछु। यो पनि एक धर्मप्रति अर्कोको असहिष्णु व्यवहार हो।

 

भाजपा सरकारले गरेको गरिबहरूलाई पक्की घर, पानी, शौचालय आदिको व्यवस्था जनताको मनमा रहिर≈यो। मुस्लिम मतदाताहरू पनि भाजपाका ‘साइलेन्ट भोटर’का रूपमा रहे। जथाभावी तलाकबाट पीडित सबै महिला र उनीहरूका कतिपय माइती पक्षले कांग्रेस वा अन्य दलको झन्डा बोकेर पनि भाजपालाई मत दिए।

कांग्रेसको गैरहिन्दु रुझान नै उसले चुनाव हार्नुको प्रमुख कारण हो। कांग्रेसको अर्को कमजोर पक्ष भनेको दलभित्र गान्धी परिवारको विकल्प नदेखिनु र राष्ट्रिय रूपमा सोनिया गान्धी र राहुल गान्धीको उचाइ नपुग्नु नै हो। सम्भवतः राजीव गान्धीको हत्यापछि दृढ भएर सोनिया गान्धी र राहुल गान्धी देशका प्रधानमन्त्री बन्न सकेको भए उनीहरूको राजनीतिक उचाइ दलभन्दा बाहिर पनि हुने थियो, त्यो हुन सकेन। मनमोहन सिंह असल मानिस भएर पनि राजनीतिक व्यक्तित्व नभएकाले उनले भारतको प्रधामन्त्री भएर पनि कांग्रेसका तर्फवाट दलबाहिर कुनै करिस्मा देखाउन सकेनन्। यो पनि कांग्रेसको हारको कारण हो। पिताहरू मरेको र मारिएकाले राहुल गान्धी तथा ज्योतिराज सिन्धियाजस्ता युवा नेता अपवादका रूपमा बाहिर आए पनि कांग्रेसमा युवाहरूलाई उचित स्थान दिन सकिएको छैन। यसले पनि युवालाई त्यति आकर्षण गर्न सकेन।

कांग्रेसको आफ्नो कुनै नारा देखिएन जनतालाई दिनका लागि। भ्रष्टाचारको नारा पनि मुख्यरूपमा रहन सकेन। बेरोजगारीको कुरा आए पनि बेरोजगारले बेरोजगार भएको भनेर विरोध गरेको पाइएन। यसले भाजपाले सरकारी नोकरी दिएन होला तर स्वरोजगारीको राम्रो अवसर दियो भन्ने देखिएको हो। भाजपा सरकारले गरेको गरिबहरूलाई पक्की घर, पानी, शौचालय आदिको व्यवस्था जनताको मनमा रहिर≈यो। मुस्लिम मतदाताहरू पनि भाजपाका ‘साइलेन्ट भोटर’का रूपमा रहे। जथाभावी तलाकबाट पीडित सबै महिला र उनीहरूका कतिपय माइती पक्षहरूले कांग्रेस वा अन्य दलको झन्डा बोकेर पनि भाजपालाई मत दिए।

भाजपाले शान्ति र सुशासन दिएकामा धेरैको सहमति भयो र सुरक्षाको सम्बन्धमा पनि भाजपासँग धेरै मतदाता आस्वस्त भए। भाजपाको समयमा भएको सुरक्षा सजगता र मिसायलको परीक्षण पनि जनताका लागि भारतको गौरवको विषय बने। भारत विश्वको दशौं धनीबाट छैटौं धनी देशका रूपमा स्थापित गरेको विषय पनि चर्चामा र≈यो। यी कार्यहरू भारतको आन, सान र मानका विषय भएको महसुस भयो।

देशमा मतको ‘पोलराइजेसन’बाट कम्युनिस्टहरूको शासन अन्त्य नै भएको जस्तो देखियो। त्रिपुराबाट कम्युनिस्ट सत्ताको हिसाबले हरायो। पश्चिम बंगालमा पनि कम्युनिस्टहरूको हैसियतलाई भाजपा र त्रिमुल कांग्रेसले अन्त्य नै गरेजस्तो देखियो। केरलामा पनि कम्युनिस्टहरूको हैसियत बलियो रहेन। बांगालमा करिब चार दशक लगातार शासन गर्ने कम्युनिस्ट सरकार अब सदाका लागि बिदा भएको जस्तो देखिएको छ। कुनै समय कांग्रेसपछि दोस्रो ठूलो दल कम्युनिस्ट रहेकामा कम्युनिस्टहरूको दलीय हैसियत राष्ट्रियरूपमा समाप्त नै भयो।

गत चुनावमा ४२ सिटमा जितेको कांग्रेसले यसपटक ५० सिटभन्दा बढी प्राप्त गरेको छ। अबको चुनावमा कम्युनिस्टहरूको ठाउँमा भाजपापछिको वा शरहको ठूलो दल कांग्रेस बन्ने देखिएको छ। भारतीय कांग्रेस पार्टीको भविष्य सुनिश्चित गर्न कांग्रेसी नेताहरूले देशको हावासँग मिलेर चल्न सके मात्र पनि हुन्छ। कांग्रेसहरूलाई अब अवसरै अवसरहरू छन्। यूपीमा वसपा र सपाको साख नराम्रोसँग गिरेको छ। कांग्रेसले उनीहरूका नेताहरूलाई नै जिम्मा दिएर सके दुवै नसके कुनै एक दललाई कांग्रेसमा प्रवेश गराउँदा यूपीमा कांग्रेस बलियो हुनेछ। विहारमा लालुप्रसादको आरजेडीको हैसियत धेरै नै खस्केको छ। यस अवस्थामा लालुको दललाई कांग्रेसले उनैलाई नै विहारमा हैसियत दिएर कांग्रेसमा मिलाउने अवसर छ। त्यतिमात्र होइन, पश्चिम बंगालमा पनि त्रिमुल कांग्रेसलाई कांग्रेसको जिम्मा दिएर कांग्रेसमा ल्याउने प्रयास गर्न उपयुक्त हुनेछ। दक्षिण भारतमा कांग्रेसको हैसियत यसै पनि भाजपाभन्दा धेरै कमजोर छैन। यसरी भारतमा कांग्रेसले लुज गरेका ठाउँमा एकप्रकारले भाजपाको अगाडि हीनताबोधकै अवस्थामा पुगेका केही क्षेत्रीय दललाई उचित सम्मानका साथ कांगे्रसमा समेट्ने अवसर पनि हो।

आउँदो चुनाव कांग्रेसले ध्यान दिन सकेमा देशव्यापीरूपामा नै द्विपक्षीय हुनसक्छ। क्षेत्रीय दलहरूको अवस्था केन्द्रीय राजनीतिमा पूर्ण समाहित हुने दिशामा जानेछ। भाजपा आउँदो चुनावमा पनि दीर्घकालीन शासनका कारणले जनतामा हुने अरुचिको अवस्थाबाहेक अरू कारणले कम जनप्रिय हुने कारण देखिँदैन। उसलाई चुनौती दिने भनेको कांग्रेसले क्षेत्रीय दलहरूलाई आफूमा ससम्मान समाहित गर्न सक्नु नै हो।

भाजपाले अहिले पनि सबैलाई घर, शौचालय, औषधी, शिक्षा र स्वरोजगारीलाई नै महŒव दिएको छ। चुनावमा विजयी भएपछि मोदीका भनाइले यही देखाएका छन्। उनले हिन्दु राष्ट्रवादलाई विकास र समानता, देशको सुरक्षा र सम्मानसँग दाँज्न सकेका छन्। विशेषतः मुसलमान अल्पसंख्यकमा एकातिर अल्पसंख्यक हुनुको डर र अर्कोतर्फ सरकारी सहयोगको भरोसाका कारणले गर्दा जनजीविकाको सवाल प्रमुख भएमा अर्को चुनावमा मुसलमानको मत भाजपामा बढ्नेछ।

कांग्रेसले ल्याएका केही साना योजनाहरू पनि प्रतिरक्षाको क्षमता नहुँदा भरोसायोग्य भएनन्। उदाहरणका लागि कांग्रेसले गरिबलाई रोजगारी दिने र नसके ७२ हजार रुपियाँ बैंक खातामा दिने घोषणा गरेको थियो। यसबाट देशका ६६ प्रतिशत जनताले सुविधा पाउने सम्भावना थियो। यसलाई कांग्रेसले स्वतन्त्रताको करिब ६६ वर्षको अवधिमा ६६ प्रतिशतलाई गरिब बनायो अर्थात् गरिबहरूको संख्या घटाएन र कांग्रेसले जितेका प्रान्तमा कांग्रेसले गरेको वाचाअनुसार काम नगरेको भनेर विरोध गरियो। यसको कांग्रेसले कुनै चित्त बुझ्दो जवाफ दिन सकेन।

भारतको यो चुनावले कम्युनिस्टहरू त्रिपुरा, बंगाल र केरलामा वर्चश्व भएकोमा अब त्यहाँबाट पनि उनीहरूको राजनीति अन्त्य भएको छ भन्ने सन्देश दिएको छ। भाजपासँग देशको ५० प्रतिशत जनता छन् भन्ने पनि देखिएको छ। कांग्रेसले अल्पसंख्यक र धर्मनिरिपेक्ष शक्तिलाई सही किसिमले उपयोग गर्न सकेको अवस्थामा कांग्रेसको पनि ५० प्रतिशत जनमत रहन सक्छ। देशको लगभग आधा–आधा जनसंख्या दुई दलहरूमा रहे पनि केही भाषण, केही तत्कालीन परिस्थितिसमेतको कारणले कुनै पनि दलको पक्षमा बहुमत गए पनि दीर्घकालीन रूपमा एक दलपछि अर्को चुनावमा अर्को दल आउन सक्ने सम्भावना हो। अर्थात् दुवै दलको राजनीति ‘रिजनेवल पब्लिसिटी’का आधारमा भएमा भारत राजनीतिक स्थिरतामा अग्रसर हुने संकेतको शुरुआत भएको छ। यो भारतीय स्वतन्त्रतापछिको पहिलो सुखद सम्भावनाको द्वार र लोकतन्त्रका लागि सुखद पक्ष हो।
नेपालको सन्दर्भमा भने पश्चिमा राष्ट्रहरू र संस्थाहरूबाट धर्मान्तरणका लागि भएको प्रयासबाट राजनीति दिग्भ्रमित भएको छ। भारतीयहरूले पनि नेपालमा हिन्दु धर्मको सुरक्षाका लागि केही गरे भने त्यसलाई अन्यथा भन्न सकिँदैन। भारतले नेपालमा अब कुनै पनि प्रकारको नाकाबन्दी लगाउने सम्भावना छैन। भारतले नेपाललाई आफ्नो प्रभावमा राखिराख्नका लागि अर्को नै उपाय गर्नेछ। चीनलाई घेर्नका लागि भनेर भारतीय कांग्रेसले जसरी नेपालको भूमिलाई धर्म प्रचारको समेत माध्यम बनाउनका लागि सहयोग गर्ने वा आँखा चिम्लने कार्य गरेको थियो, त्यो भने भाजपाले गर्ने देखिँदैन।