दोहोरो वायुको प्रभाव: मध्य वर्षात्को झल्को 


नेपाल समाचारपत्र, काठमाडौं
मुलुकभित्र विकास भएको स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको दोहोरो मिश्रणका कारण मध्य वर्षात्को झल्को दिने मौसमी गतिविधि शुरू भएको छ।

मुलुकको दक्षिणपूर्वी भेगबाट पर्याप्त मात्रामा भित्रिएको जलवाष्पयुक्त हावाले मनसुन पूवाद्र्ध ९प्री मनसुन० लाई सक्रिय गराएको छ। अहिलको प्री मनसुनको प्रभाव तराईबाहेक अधिकांश पहाडी भेगमा फैलिएको र यो क्रम अझै केही दिन दोहोरिने मौसमविद्ले जनाएका छन्।

बंगालको खाडी र स्थानीय वायुको दोहोरो प्रभावले आज आइतबार र भोलि सोमबार पनि मेघ गर्जनसहितको वर्षा दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो। ‘तराईका भू–भागमा मौसमी प्रभाव खासै देखिँदैन तर काठमाडौं उपत्यकासहित अधिकांश पहाडी र हिमाली भेगको मौसम केही दिन प्रभावित बन्नेछ’ –उहाँले भन्नुभयो।

अपरा≈नपछि मौसम बदली हुने र मेघ गर्जनसहितको वर्षा दोहोरिने कँडेलले प्रष्ट्याउनुभयो। वायुमण्डलको तल्लो तहमा विकास भएको ९हावाको चाप न्यून भएको क्षेत्र० न्यूनचापीय रेखाले बंगालको खाडीबाट भित्रिने जलवाष्पयुक्त हावालाई सहजै ग्रहण गर्दा अहिले मौसमी उतार–चढाव आएको विज्ञहरूको ठहर छ। न्यूनचापीय रेखाले सतहको वायुलाई वायुमण्डलमा धकेल्न र वर्षा गराउने बादल विकास गर्न सहयोग प¥याउँछ।

जमिनको सतहबाट वायुमण्डलको ३ देखि ५ किमी हाराहारीमा रहेको यस्तो रेखा विकसित भएकाले सहजै मौसम प्रभावित बन्न थालेको महाशाखाले जनाएको छ। तर अहिले नै मध्य वर्षा शुरू भएको मान्न हतार हुने मौसमविद् बताउँछन्। यस वर्ष नेपालसहित दक्षिण एसियामा प्री मनसुन सक्रिय भएकाले मनसुन बेलैमा शुरू हुने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ९सास्कोप०को ठहर छ।

सास्कोपको ‘मौसमी क्यालेन्डर’ अनुसार दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा अंग्रेजी महिनाको मे ३० तारिखमा मनसुन शुरू हुने गर्छ। केरलामा गत वर्ष चार दिनअगावै मे २६ तारिखमा मनसुन शुरू भए पनि यसवर्ष अझै त्यस्तो घोषणा भएको छैन। ‘केरलामा सक्रिय बनेको मनसुन करिब १० दिनपछि नेपालको पूर्वीभेगबाट भित्रिने गर्छ, यसपटक केही ढिलो हुने सम्भावना देखिएको छ’ –मौसमविद् कँडेलले भन्नुभयो।

दक्षिण भारत हुँदै फैलिने मनसुन क्रमशः म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेगबाट भित्रिने गर्छ।