अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली चल्यो, १२ जनाको मृत्यु


एजेन्सी, संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ।

गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोली चलाउने भर्जिनियाबीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा ुअन्धाधुन्धु गोली चलाएका थिए।

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख जेम्स सेर्भेराले बन्दुकधारीले प्रहरीमाथि पनि गोली चलाएपछि जवाफी प्रहारमा आक्रमणकारी मारिएको बताए।

सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन।

भर्जिनियाबीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रबार चार बजेपछि गोली चलेको बताइएको छ।

अधिकारीहरूले मारिएकाहरूको अहिलेसम्म पहिचान सार्वजनिक गरेको छैन। (बिबिसीबाट)