कर्तव्यनिष्ठ स्वाभिमानी र स्पष्टवक्ताको वेग्लै परिचय निर्माण गरिएका सञ्चारकर्मी जसले आफ्नो पत्रकारिताको मूल्य मान्यता मर्मलाई सधै पालना गर्दै अगाडि वढ्यो। समाचारपत्रमा उनले फरक शैलीले प्रस्तुत गरेका थिए। फ्रन्ट पेजमा नै विज्ञापन राखेर प्र्रकाशन गरेका थिए।
सुदर्शन अधिकारी
नेपाली पत्रकारिता विकासको क्षेत्रमा प्रतिबद्ध संषर्घशील र इमानदार व्यक्तित्वको पहिचान बनाउन सफल पुष्करलाल श्रेष्ठको निधनले समग्र पत्रकारिता जगत् नै स्तब्ध भएको छ। खास गरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् सूचना सम्प्रेषणका हिसाबले पुष्करलाल श्रेष्ठ अग्रस्थानमा आफ्नो धर्म निर्वाह गर्ने कार्यमा ज्यादै सक्रियताका साथ लागिपरेका होनहार निर्भीक र प्रष्ट पत्रकारका रूपले आफ्नो विशेष परिचय निर्माण गर्दै आएका कामना प्रकाशन समूहका अध्यक्ष थिए। पञ्चायतकालीन समयको उत्तरार्धमा नेपालमा राष्ट्रिय दैनिकीका रूपमा गोरखापत्र मात्रै थियो भने अन्य साप्ताहिक पनि जेनतेन पाठकका सामू आफ्नो उपस्थितिमा सीमित थियो। बहुदलको घोषणापश्चात् देशमा स्वतन्त्रता मानवअधिकार मौलिक हकलगायतका सवालमा सचेतता जाग्दै गयो। आफ्नो वाक स्वतन्त्रताप्रति आम नागरिक जागरुक र सचेत बन्दै गए, फलस्वरूप प्रिन्ट मेडिया निकै फस्टाउँदै गयो।
नेपालमा प्रजातन्त्र स्थापना भएको पावन अवसरलाई समात्दै कान्तिपुरको प्रकाशन हुन थाल्यो। त्यसैताका नेपाल समाचारपत्र दैनिकले आफ्नो स्थान अब्वल बनाउँदै आम सूचनाप्रेमीलाई आकर्षित गर्न सफल भयो। कामना प्रकाशन समूहअन्र्तगत साध्याकालीन पत्रिका महानगर अत्यन्तै लोकप्रिय थियो। जुन पत्रिका २÷३ बजे बजारमा स्थान ओगट्न सफल पनि भयो। विसं २०५१ देखि झण्डै २०६० सम्म नै यस सध्याकालीनले बजार विशेष गरी काठमाडौं उपत्यकामा निकै चर्चा बटुल्यो। तत्कालीन सरकारका गलत र जनताप्रति उत्तरदायी नहुने हरेक सन्दर्भलाई निकै नै रोचक र घोचक शैलीमा सूचना र समाचार सम्प्रेषण गर्ने सो सन्ध्याकालीन नै भएकाले आम पाठकको ध्यान आकृष्ट गरेको थियो।
कर्तव्यनिष्ठ स्वाभिमानी र स्पष्टवक्ताको बेग्लै परिचय निर्माण गरेका सञ्चारकर्मी जसले आफ्नो पत्रकारिताको मूल्य, मान्यता, मर्मलाई सधैं पालना गर्दै अगाडि बढे। समाचारपत्रमा उनले फरक शैलीले प्रस्तुत गरेका थिए। फ्रन्ट पेजमा नै विज्ञापन राखेर प्र्रकाशन गरेका थिए। पुष्करलाल आफ्नो व्यावसायिक पत्रकारितामा मात्र तल्लीन भएनन्, उनमा भएका व्यक्तिगत गुणले सबै सञ्चारकर्मी जनयुद्धका थालनी तथा अन्य पत्रपत्रिकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पनि आयो। अनेकौं उतारचढावको सामना गर्दै पुष्करलाल जसरी स्तरीय पत्रकारिताको विकासका लागि अनवरतरूपले लागे त्यसले नै स्पष्ट हुन्छ कि सञ्चारको व्यावसायिकता, विश्वासनीयता र स्वतन्त्रताप्रति प्रतिबद्धताको बारेमा।
कामना प्रकाशनमा पत्रकारिता गर्दै अन्य प्रकाशनमा पुग्ने दर्जनौं पत्रकार आज स्थापित र वरिष्ठ भई अलग्गै परिचय बनाउँदै अब्बल पत्रकार बनेका थुप्रै दृष्टान्त हुन्।
आज पत्रकारितामाथि सरकारले अंकुश लगाउन लागेको भन्दै आन्दोलित बनेका पत्रकार तथा लोकतान्त्रिक राज्यहरूले नयाँ विधेयकमाथि जुन चासो र आफ्नो धारमा व्यक्त गरेका हुन् त्यसले पनि सञ्चारलाई स्वतन्त्र र निष्पक्ष बनाउन थप जनमत तयार भएको अनुभूति सर्वत्र गरिँदै छ। जति लोकतान्त्रिक सरकार मजबुत र संस्थागत हुन्छ त्यति नै मर्यादित, व्यवस्थित र निष्पक्षरूपले पत्रकारिताको विकास हुन्छ भन्ने वास्तविकतालाई वर्तमान राज्यसत्ताले स्वीकार गर्न नसकेको प्रतित गर्दछ। त्यसबेलाको पत्रकारिता आजको भन्दा निकै कमजोर र संक्रमणकालीन अवस्थामा रहेको थियो, जतिबेला पुस्करलाल श्रेष्ठ आफू कामना प्रकाशन सञ्चालन गर्दै थिए। आजको एक्काइसौं शताब्दी र सूचना तथा प्रविधिको युगमा पनि अनेकौं बन्देज र अकुंशबाट स्वतन्त्र पत्रकारिता फस्टाउने कल्पना गर्न सकिँदैन। निश्चित मापदण्ड र सीमाभित्र रहेर पत्रकारिता गर्नुपर्छ तर अनावश्यकरूपमा लगाम लगाउने कार्यले राज्यको सञ्चार संयन्त्रलाई नै असर प¥याउन पुग्छ।
कामना प्रकाशनमा पत्रकारिता गर्दै अन्य प्रकाशनमा पुग्ने दर्जनौं पत्रकारहरू आज स्थापित र वरिष्ठ भई अलगै परिचय बनाउँदै अब्बल पत्रकार बनेको थुप्रै दृष्टान्त हुन्। आफ्नो ३० वर्षे पत्रकारिताका समयमा पुष्करलालले अनेकौं कठिनताको सामना गर्नुप¥यो। आफ्नौ मिडिया हाउस स्थापना गरी नेपाली आम सञ्चारको विकासमा त्यसमा पनि प्रिन्ट मिडियामा विशेष योगदान पु¥याएका पुष्कर आधुनिक पत्रकारिता क्षेत्रमा चम्किला तारा हुन्। उनको अभावमा कामना समूह मात्र होइन, समस्त पत्रकार लेखक तथा सञ्चारकर्मी दुःखी भएका छन्। तीन दशक मात्र उमेर पार गरेका श्रेष्ठ ३÷४ महिना नै उपचारका क्रममा अस्पताल बस्दाबस्दै अन्ततः निकै पीडादायी र अप्रिय घटना सुन्नुप¥यो। नर्भिक अस्पतालमा पुस्करलाल श्रेष्ठको वैशाख ४ गते अल्पायुमै दुःखद निधन भयो।
कामना मासिक, साधना, हेल्थ मासिक पत्रिका, महानगनर सध्याकालीन समाचारपत्र दैनिकजस्ता विविध विधामा कामना प्रकाशन समूहमार्फत जसरी पुष्करलालले पत्रकारिताको विकासका लागि आफ्नो ६ दशक लामो जीवन यात्रामा तीन दशक पुरै समर्पित गरे, त्यसले उनको पत्रकारिता जगत्प्रतिको निष्ठा र इमानदारिता प्रष्ट्याउँछ।
एउटै मेडिया हाउसबाट प्रिन्ट मेडियाका अलग–अलग ४ प्रकारको त्यो पनि चर्चित पत्रिका प्रकाशन गरी नेपाली पत्रकारिता क्षेत्रको विकासको महŒवपूर्ण योगदान पु¥याए। चलचित्रसम्बन्धी सामग्रीलाई समेट्दै कामना मासिक, स्वास्थ्यसँग सम्बन्धित सामग्रीलाई समेटेर साधना हेल्थ, दैनिक घटनालाई महŒव समेटेर सध्याकालीन महानगर अनि विज्ञान तथा लेख, रचना, समाचार आदिलाई समेट्दै नेपाल समाचारपत्र प्रकाशनमा ल्याई सबै पाठकलाई अकर्षित गर्न सफल भएका थिए।
चलचित्र क्षेत्रका कलाकारका लागि पुरस्कारको व्यवस्था गरी निरन्तर चलचित्रसम्बन्धी विभिन्न रचना, संवाद, अन्तरवार्ता रिपोर्ट आदिलाई पाठकसमक्ष प्रस्तुत गर्ने महŒवपूर्ण कार्य कामना प्रकाशन समूहमार्फत गरे, त्यसले समग्र चलचित्र क्षेत्रमा लाग्नेका लागि पुष्करलाल सदा स्मरणीय रहनेछन्। कामना मासिकले शब्दमा मात्रै आफ्नो ३ दशक लामो यात्रा पार गरेको छ। त्यतिमात्र नभई कामना प्रकाशन समूह त्यस्तो एउटा मिडिया हाउस हो, जहाँ सयौंका संख्यामा पत्रकार उत्पादन भई आज वरिष्ठ तथा चर्चित पत्रकारका रूपमा कार्यरत छन्। यस हिसाबले हेर्दा कामना प्रकाशन समूह एउटा उच्चकोटिको प्रशिक्षण गृह पनि हो।
हजारौं सक्षम सञ्चारकर्मी उत्पादन गर्ने प्रकाशनगृह भने आफैं अपेक्षित विकास र समृद्धिको मार्गमा भने पुग्न नसकेको हो कि झैं पनि लाग्छ। तर समग्रमा भन्नुपर्दा एउटा असल कर्तव्यनिष्ठ इमानदार र सञ्चारको विकासमा अनवरत खट्ने शिष्ट, हसिँलो र सभ्य व्यक्ति पुष्करलालले देखाएको मार्गलाई सबै सञ्चारकर्मीले अवलम्बन गर्नुपर्ने देखिन्छ। स्पष्ट वक्ता, निर्भीक अनि पत्रकारिताको विकासमा मरिमेट्ने व्यक्तित्व आज हामीमाझ नभए पनि उनको योगदानको उच्च मूल्यांकन भने सम्पूर्ण पत्रकार, लेखक, विज्ञापनदाता, चलचित्रकर्मी, चलचित्रप्रेमीलगायत सबैले अवश्य नै गर्नेछन्। पुष्करलाल श्रेष्ठको निधनको यस ४५औं दिनको अवसरमा यहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुबाहेक अरू के नै गर्न सकिन्छ र ?
प्रतिक्रिया