पोखरा फाइनान्सको घान्द्रुकमा एक्सटेन्सन काउन्टर


पोखरा, (नेस)
पोखरा फाइनान्स लिमिटेडले कास्कीको घान्द्रुकमा बिहीबादेखि एक्सटेन्सन काउन्टरमार्फत सेवा शुरु गरेको छ । घान्द्रुकमा वित्तीय सेवा प्रदान गर्ने यो चौंथो वित्तीय संस्था हो । यसअघि ओम डेभलपमेन्ट, ज्योति विकास बैंक र माछापुच्छे« बैंकले शाखारहित सेवा प्रदान गरेका छन् ।

अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत पर्ने अन्नपूर्ण आधार शिविर, पुनहिल, मुक्तिनाथसम्मको पदयात्रामा घान्द्रुक भएर घुम्न आउने पर्यटक तथा स्थानीय पर्यटन व्यवसायी र स्थानीय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो । ५ अर्ब ९५ करोड निक्षेप संकलन गरेको फाइनान्सले हालसम्म विभिन्न १९ शाखाबाट सेवा प्रदान गर्दै आएकोे छ । फाइनान्सले चा“डै नै काठमाडौंको गोंगबु र ललितपुरको मानभवनमा दुईवटा शाखा थप गर्न लागेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताउनुभयो । उहा“का अनुसार चुक्ता पु“जी ८५ करोड ७२ लाख रहेको फाइनान्सले पा“च अर्ब ४५ करोड रुपिया“ कर्जा प्रवाह गरेको छ ।

काउन्टर उद्घाटन कार्यक्रममा घान्द्रुक रोधी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर कुइ“केल, मेश्रम बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर सुवेदीलगायतले काउन्टर सञ्चालनस“गै स्थानीय पर्यटन व्यवसायी एवम् पर्यटक लाभान्वित बन्ने विश्वास व्यक्त गर्नुभयो ।