प्रहरीले पायो बलियो घर, अब गुन्डागर्दी गर्नेलाई चोटिलो प्रहार गरिने


अनिल खत्री, गुल्मी ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले बलियो घरमा प्रहरी बसेकाले शान्ति सुरक्षा कायम गर्न हुनेमा कुरामा शंका नगर्न आग्रह गर्नुभएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ को सिमलटारीमा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरिक्षक अधिकारी कानुन हातमा लिएर अपराधीक तत्व गर्नेलाई प्रहरीले नछोडने बताउनु भयो ।

प्रहरी अब बलियो घरमा बसेको छ गुन्डागर्दी, फटाही, दादागिरी कसैले गर्छ भने चोटिलो ढंगबाट प्रहार गर्न निर्देशन समेत दिनुभयो । नागरिकलाई शान्ति सुरक्षा दिने सवालमा अपराधीक तत्वलाई चोटिलो ढंगले प्रहर गरे बलियो घरमा प्रहरी बसेको छ भन्ने अनुभूति नागरिकले पाउने बताउनु भयो ।

उहाँले अब प्रहरी बलियो भयो हामी सुरक्षीत छौं भन्ने नागरिकले अनुभूति गर्ने गरि त्यस ढंगबाट काम गर्न निर्देशन दिए । केहि हिंसामा गर्ने जत्थाहरुले देशको नियम कानुनलाई जेपनि गर्न सकिन्छ भन्ने अपराधीक तत्वलाई कुनैपनि हालतमा नछोडने बताउनु भयो ।
उहाँले धाग धम्की दिएर पैसा उठाउने, मार्छु काटछु, बम पडकाउछु, अपहरण गर्छु भन्ने तत्वलाई प्रहरीले ठिक पार्ने बताउनु भयो । देशको नियम कानुन, सुरक्षा अंगलाई च्यालेन्ज गरेर हिंसाको बलमा आफनो अभिष्ट पुरा गर्नेलाई प्रहरी कारवाही गर्न सक्छम रहेको बताउनु भयो ।
नागरिक, जनप्रतिनिधीलाई त्यस्ता सुचनाहरु कहि कतै आए प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो । देशमा कानुन छ सुरक्षा निकाय छ कानुन हातमा लिने छुट कसैलाई नभएको नायव महानिरिक्षक अधिकारीले बताउनु भयो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गुल्मी जिल्लाको सदरमुकामबाट बिकट मानिएको ठाउँमा प्रहरी चौकी भवन सहित सुरक्षा निकायको उपस्थिति हुनुले नागरिकलाई सुरक्षा अनुभूतिमा थप टेवा मिलेको बताउनु भयो ।

उहाँले शान्ति सुरक्षा कायम गर्ने शिलशिलामा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकलाई सुरक्षा दिन आएका सुरक्षा निकायसँग आफना समस्याहरु पनि राखेर शान्ति सुरक्षा कायम गर्न सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भवन बनि सकेपछि आगामी पुरा गर्नु पर्ने काममा हातेमालो गरेर अगाडी बढने बताउनु भयो । प्रहरी चौकी भवनमा कुनै पनि समस्या भए गाउँपालिकाको तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

भाडाको सानो घरबाट कठिन अबस्थामा पनि प्रहरीले सेवा दिँदै आएकाले नवनिर्मित भवनबाट सहज हुने अध्यक्ष थापाले बताउनु भयो । उहाँले नागरिकले आफ्ना समस्याहरु प्रहरी समक्ष ढुक्कसँग राख्ने र शान्ति सुरक्षा मजवुत बनाउनको लागि सहयोग गर्नुपर्ने बताउनु भयो । अध्यक्षले थापाले सिमलटारी बजार क्षेत्रमा प्रहरी बिट र यो प्रहरी चौकीलाई इलाका प्रहरी चौकी बराबर दरबन्दी थपिदिन आग्रह गर्नुभयो ।

नवनिर्मित भवन नेपाल सरकारको रु १ करोड ६७ लाख ९९ हजार ८१ रुपैयाँ लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । २०७४ साल चैत्र महिनामा १ वर्ष भित्र सम्पन्न गर्ने गरि बाटाजु कन्टकष्सन वुटवलले निर्माणको जिम्मा लिएको थियो । समय अबधीमै काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अधिकारी र मालिका गाउँपालिका अध्यक्षले सम्मान गरेका थिए । उद्घाटन कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने बिभिन्न अरु संघ संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

जिल्लामा क वर्ग २ वटा इलाका प्रहरी कार्यालय, ख वर्गमा २ वटा प्रहरी चौकी, २ वटा अस्थाी प्रहरी चौकी गरि २१ वटा प्रहरी यूनिट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अधिकांश प्रहरी चौकी भवन भाडाको घरमा रहेका छन् ।