बाढीले बगाएर एक महिलाको मृत्यु


प्युठान ।
प्युठानमा बिहिवार दिउँसो एक महिलाको शव फेला परेको छ । प्युठान नगरपालिका ७ स्थित टिकुरी बसपार्क नजिकै झिमरुक नदिको किनारमा अन्दाजी ३५ ४० वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।
उनलाई बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । मृतक महिलाको पहिचान खुलेको छैन।